लालबन्दी १७ मा चार सय ८३ जनाको आँखाको निःशुल्क परिक्षण

667 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७, रानिगन्जस्थित वडा कार्यालय परिसरमा आज(सोमबार) आयोजित एक दिने निःशुल्क आँखा शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण गराएका छन् ।लायन्स क्लब अफ लालबन्दीको आयोजनामा भएको एक दिने आँखा शिविरमा  चार सय ८३ जनाले आँखा परीक्षण गराउँदा ६७ जनामा मोतिया विन्दु फेला परेको आयोजक लायन्स क्लब अफ लालबन्दीका पूर्व अध्यक्ष चिरन्जीवी खतिवडाले जानकारी दिए ।

428405509_913668667117117_5780412226659204554_n.jpg
शिविरमा आँखाको समस्या भएका तीन सय भन्दा बढी बिरामीलाई आयोजकले निःशुल्क चश्मा र औषधी वितरण गरेको लाइन्स क्लब अफ सर्लाहीका फष्ट भ्वाईस प्रेसिडेन्ट एवम  नेपाली कांग्रेस लालबन्दी नगरपालिका १७ का वडा सभापति बिभुसिंह थापाले जानकारी दिए ।R $ P khaja ghar.jpg
आँखा शिविरमा मोतिया विन्दु देखिएका आँखाका बिरामीहरुलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले सञ्चालन गरेको परोपकार आँखा उपचार केन्द्र जरुवा पानीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति धुरवप्रसाद घिमिरेले जानकारी दिए ।उनका अनुसार मोतिया विन्दुका बिरामीलाई तिलगंगा आँखा अस्पताल काठमाडौंबाट विशेषज्ञ चिकित्सकहरु ल्याएर शल्यक्रिया गरिने छ ।

सम्बन्धित समाचार