हरिवन सेवा समाजको सञ्चालक समिति सर्वसहमत चयन

1.4k Shares

दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिवनमा रहेको हरिवन सेवा समाजकोे नयाँ संचालक समिति चयन गरिएको छ । हरिवन सेवा समाजको नयाँ समितिको अध्यक्षमा दिनेश ओम पोते,उपाध्यक्षमा गिता घिमिरे, महा सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा श्याम कार्की सर्व सहमत चयन भएका हुन ।
त्यसैगरी समितिको सचीवमा सुकदेव कार्की र सदस्यहरुमा कमरुद्विन मंसुर र सुरेन्द्र दास सर्व सहमत चयन भएका संस्थाले जनाएको छ । नव गठित समितिका पदाधिकारीहरुका साथै सदस्यहरुलाई हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलानले खादा ओढाएर स्वागत गरेकी स्थानीय समाजसेवी भरत कुमार कार्किले जनाकारी दिए ।

सम्बन्धित समाचार