Close This

महराले सफाइ पाए

पत्र पत्रिका    प्रकाशित: २०७६-११-५ गते   २९८ पटक हेरिएको

 जिल्ला अदालत काठमाडौँको आदेशसँगै निवर्तमान सभामुख कृष्ण बहादुर महरा रिहा भएका छन् । डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका हुन् । 

डिल्लीबजार कारागारबाट रिहा भएपछि उनले कारागारमा सबैबाट राम्रो व्यवहार भएको भन्दै सबैप्रति आभार प्रकट गरे । उनले थप प्रतिक्रिया दिएनन् । ‘प्रहरी साथीहरु, मान्य रेशम चौधरीलगायतसँग राम्रोसँग बसेँ र सबैबाट राम्रो व्यवहार भयो’, महराले भने, ‘बाँकी कुरा पछि भन्छु ।’

महरा बा १८ च ४०० नम्बरको निजी गाडी चढेर कारागार परिसरबाट बाहिरिएका थिए । उनी ललितपुरको खुमलटारमा रहेको निवासमा जाने बताइएको छ । 

+रातोपाटी+

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech