सर्लाहीका स्थानीय तहका वडा वडामा कांग्रेसको भेला तथा बैठक

354 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १० मा नेपाली कांग्रेसले वडास्तरीय कार्यसमिति बैठक तथा क्षेत्रीय प्रतिनिधि सम्मिलित विशेष भेला सम्पन्न गरेको छ ।नेपाली कांग्रेसले वडास्तरीय संगठनलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित जिल्लाका विभिन्न स्थानीय तहहरुका वडा वडामा भेला तथा बैठकहरु सञ्चालन गरि रहेको नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले जानकारी दिए ।उनका अनुसार पार्टी र संगठनलाई बलियो बनाउन एकजुट भएर अगाडि बढ्न तल्लो तहबाटै गतिविधि सुदृढ गर्न आवश्यक रहेकाले जिल्लाका सबै स्थानीय तहहरुका वडा तहदेखि विभिन्न किसिमका भेला तथा बैठकहरु सञ्चालन सुरु गरिएको हो।भेला तथा बैठकहरुमा क्रियाशील सदस्यता नवीकरण अभियानलाई प्रभावकारी बनाउँदै सशक्त संगठन निर्माण गर्न पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरु सक्रिय भएर लागेका  नेपाली कांग्रेस सर्लाहीका सचिव निरोज कार्कीले बताए।उनका अनुसार संगठनको सक्रियता र रुपान्तरणको दिशामा महत्वपूर्ण निर्णय गर्दै आगामी कार्यदिशा तय गर्न तल्लो तहबाटै भेला तथा बैठकहरु भई रहेका हुन ।
लालबन्दी नगरपालिका १० मा वडा सभापति उदय बहादुर पाख्रिनको सभापतित्व तथा महा समिति सदस्य एवम पूर्वमन्त्री सम्भुलाल श्रेष्ठ,महाधिवेशन प्रतिनिधि सदस्य एवम लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी, लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख कल्पना माया पाख्रिन, महाधिवेशन प्रतिनिधि सदस्य दिपक अधिकारी,नेपाल तरुण दलका केन्दी्रय सदस्य विभुसिंह थापा,प्रदेश प्रतिनिधि उमेश ठोक्कर लगायतको विशेष उपस्थिति रहेको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य तथा जय नेपाल फाउन्डेसनका सर्लाही अध्यक्ष ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिए।
“नेपाली कांग्रेसमा रूपान्तरण र जनताको मन जित्ने गरी संगठन निर्माण अहिलेको प्राथमिकता रहेको”महासमिति सदस्य एवम पूर्वमन्त्री श्रेष्ठले  बताए।उनले तल्लो तह वडास्तरमा कार्य समितिलाई थप प्रभावकारी बनाउँदै युवाहरुलाई सक्रिय रुपमा सहभागिताका लागि प्रेरित गर्नुपर्ने समय आएको समेत बताए।“नेपाली कांग्रेसको सुदृढ संगठन निर्माणका लागि क्रियाशील सदस्यता नवीकरण मात्रै होइन, युवालाई नेतृत्वमा ल्याउने पहल आवश्यक रहेको”महाधिवेशन समिति सदस्य एवम लालबनदी नगरपालिकाका नगर प्रमुख अधिकारीले बताए।
“महिला सहभागिता र युवा नेतृत्वको भूमिका बलियो बनाउन सबै भन्दा तल्लो स्तर वडास्तरबाटै विशेष योजना अघि बढाउन जरुरी रहेको” लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख एवम कांग्रेस नेतृ पाख्रिनले बताईन् । कार्यक्रममा सहभागी भएका नेता तथा कार्यकर्ताहरुले सबै भन्दा तल्लो स्तर वडास्तरका संगठनबाटै जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै उनीहरूको समस्यामा साथ दिने पार्टीको छवि निर्माण गर्ने प्रतिबद्धता  व्यक्त गरेका नेपाल तरुण दलका केन्द्रीय सदस्य थापाले बताए ।

सम्बन्धित समाचार