Close This

सर्लाहीका डेढ लाख भन्दा बढीले कोरोना खोप लगाए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१८ गते   ४१ पटक हेरिएको

सर्लाहीमा अहिलेसम्म १ लाख ६८ हजार जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको  खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । 
गत माघ मसान्तदेखि सुरु भएको खोप अभियानमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको गरी विभिन्न चरणमा भएका खोप अभियानमा जिल्लाका २० वटै स्थानिय निकायका १ लाख ६८ हजार जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झाले जानकारी दिनु भयो ।
 प्रमुख डा.झाका अनुसार खोप लगाएकामध्ये १ लाख १६ हजार जनाले विभिन्न चरणमा चलाइएको खोप अभियानमा पहिलो र दोश्रो दुबै डोज खोप लगाईसकेको र   ४८ हजार जनाले  अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् । जोन्सन एण्ड जोन्सन एक डोज मात्र लगाउँदा पुग्ने चिकित्सकहरुले बताएका छन् ।
    त्यस्तै चिनियाँ खोप भेरोसेल दिनका लागि दुई चरण गरी चलाईएको खोप अभियानमा पहिलो चरणमा जिल्लाका ११ हजार ७ सय जना र दोश्रो चरणमा ५१ हजार जनाले खोप लगाएको डा.झाले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech