Close This

स्थानियको बिरोध पछी सडक निर्माण कार्य रोकियो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-३ गते   २७३ पटक हेरिएको

 सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानीय  बासीले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय साहको कोषबाट करिब रु ९ लाखको लागतमा बन्दै गरेको ९०÷९५ मिटर लामो , १२ फिट चौडाई र ८ ईन्च उचाई भएको सडक ढलानमा १ नम्बर ईट्टा लगाउनु पर्नेमा ३ नम्बर ईट्टा लगाईएको भन्दै स्थानीयले गुणस्तरीयहिन काम भएको ठहर गर्दै बिरोध गरेका हुन ।
स्थानियले बिरोध गरेपछि सडक ढलान कार्य उपभोक्ता समितिले तत्काल काम रोकेको छ । गाउँपालिकाका ईन्जिनियर नितेश साहले १ नम्बर ईट्टा दिनु पर्ने ठाँऊमा ३ नम्बर ईट्टा प्रयोग गरेका कारण सोको मूल्याकण नगर्ने चेतावनी दिनुभयो । ईन्जिनियरले बनाएको योजना अनुसार काम नभएको र योजना अनुसार काम गर्न नचाहेको हुँदा आफूहरुले बिरोध गरेको स्थानीय फेकु रायले बताए । ।उपभोक्ता समितिका सदस्य प्रेम यादवले निमार्ण कार्य सुरु गर्दा १ नम्बर ईट्टा पाउन कठिन भएकाले ३ नम्बर ईट्टा प्रयोग गरेको तर अहिले १ नम्बर ईट्टा पाउन थालिएकाले अब १ नम्बर ईट्टा नै प्रयोग गर्ने बताएका छन् ।
धनकौल गाँउपालिका  १ का स्थानिय राम परिक्षण महत्तोले योजना अनुसार काम नभए काम गर्न नदिने बताउनु भयो । गुणस्तरहिन सामग्रीको प्रयोग गरी निमार्ण कार्य गर्न कुनैपनि हालतमा नदिने महताको भनाई छ । यसैगरी गाउँपालिका अध्यक्ष साहका अनुसार गुणस्तरहिन सामग्री प्रयोग गरेर बाटो निर्माण भैरहेको र नागरीकको गुनासो आएपछि तत्काल आफुले काम बन्द गर्न निर्देशन दिएको बताउनु भयो । गुणस्तरहिन ईट्टा प्रयोग भएकाले उक्त ईट्टा हटाएर १ नम्बर ईट्टा नै प्रयोग भएर उक्त सडक ढलान कार्य हुने गाउँपालिका अध्यक्ष साहले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech