सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको सनराईज इङलिस बोर्डिङ स्कुलका शिक्षकले कक्षा ४ मा अध्यायनरत एक विद्यार्थीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् । हरिवन नगरपालिका ११ स्थित बासा टाेलका सनराईज इङलिस बोर्डिङ स्कुल हरिवन नगरपालिका ११ मा अध्यायनरत विद्यार्थीलाई शिक्षक तामाङले मरणासन्न हुनेगरी कुटपिट गरेका ती विद्यार्थीका अभिभावकले आफ्नाे फेशबुकमा एउटा स्टाटस लेखी सार्वजनिक गरेका छन् । विद्यालयका शिक्षक तामाङले कक्षा ४ मा अध्यायनरत ती विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि उनका अभिभावकले सनराईज इङलिस बोर्डिङ स्कुलका सरहरुले लठ्ठीले पिटेर आज मेरो छोराको जिउभरि डामै डाम हुने गरी पिटेको छ।यो पिटाइले गर्दा मेरो बाबुलाई १०४ ज्वरो आएको छ र त्यो स्कुल जान्न भनि राछ।हामिले हाम्रा बच्चाहरु पढ्न पठाएको हो कि सरहरुलाई पिटेर घाइते बनाउनको लागि पठाएको हो?के हामिले सरहरुलाई बच्चा पिट्नको लागि पैसा तिरेको हो कि के हो? यो मेरो प्रश्न सन् राइज इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल सरको लागि हो।भोलि यो प्रश्नको उत्तर दिन तयार हुनु होला।ती अभिभावकले आफ्नो फेशबुकमा पोष्ट गरेका छन् । सो सम्बन्धमा विद्यालयका प्रवन्ध निर्देशक प्रवेश पोख्रेलले "ती शिक्षक पहिलाे आफ्नै विद्यालयका विद्यार्थी रहेका र पछि यही शिक्षक भएर आएका नयाँ शिक्षक हुन । विद्यार्थीले गृह कार्य नगरेपछि सामान्य कुटिएकाे रहेछ ।शिक्षक तामाङ सहित ती विद्यार्थी र अभिभावक बसेर मंगलबार छलफल भएको र शिक्षक तामाङले आफ्ना कमिकमजाेरी सुधार गर्ने भनिएकाे" बताए । आफ्नाे फेशबुकमा स्टाटस हालेका अभिभावकले केही मिनेटमा स्टाटस हटाएपछि विद्यालयका प्रवन्ध निर्देशक विशाल पाैडेलले कक्षा ४ का कक्षा शिक्षक नितेश अधिकारी मार्फत अभिभावकलाई उक्त स्टाटस हटाउन अनुराेध गरिएको बताए तर सटाटस हटाउन अनुराेध नभएर दवाव दिएका समेत पाईएकाे छ।तर ती विद्यार्थीकाे नाम भने विद्यालयले सार्वजनिक गरेकाे छैन् । यता,विद्यालय गएर अब आईन्दा यश प्रकारका गतिविधि भए स्वीकार नहुने भन्दै अभिभावकहरुले चेतावनी दिएका छन् ।