सर्लाहीको हरिवन नगरपालिकाका अति विपन्न ४० परिवारलाई विभिन्न खाद्यान्न सहित राहत एवम स्वास्थ्य सुरक्षा सहयोग जुटेको छ । सर्लाही सेवा समाज कुवेतद्धारा हरिवन नगरपालिकाका अति विपन्न ४० परिवारलाई विभिन्न खाद्यान्न सहित राहत एवम स्वास्थ्य सुरक्षा सहयोग गरेको सर्लाही सेवा समाज कुवेतका सल्लाहकार गुलाम नबि मन्सुरले जानकारी दिनु भयो ।
सर्लाही सेवा समाज कुवेतका अध्यक्ष सुर्य लामा तथा सल्लाहकार मन्सुर सहितको टिमले रु ६१ हजार सहयोग पठाएपछि सो रकमबाट खाद्य सामग्री खरील गरी वितरण गरिएको मन्सुरले बताउनु भयो । कोरोना भाईरस संक्रमण रोक्न जारी निषेधाज्ञाका कारण काम गर्न नपाएर भोकभोकै मर्ने अवस्थामा पुगेका हरिवन नगरपालिकाका विभिन्न वडाका ४० परिवारलाई मंगलबार घर–घरमै पुगेर राहत सामग्री वितरण गरिएको समाजका अध्यक्ष लामाले बताउनु भयो ।
सहयोग सामाग्रीमा चामल, दाल, तेल, नुन, साबुन, मास्क, सेनिटाईजर लगायत स्वास्थ्य सुरक्षा सामग्री रहेका छन् । राहत सामाग्री वितरण कार्यक्रममा आदिवासी लोकतान्त्रिक जनजाति महासंघका उपाध्यक्ष सुरेन्द्र लामा, हरिवन नगरपालिका ४ का वडा अध्यक्ष धनबहादुर वाइबा,अनेम संघ सर्लाहीकी सचिब लिलि घिसिङ, हरिवन नगर अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष पद्मा मोक्तान, युवा समाजसेवी कुलबिर थापा लगायतको उपस्थिती रहेको आयोजकले बताएको छ ।