खेलाडीको जीत नै मेरो खुुसी होः कराते प्रशिक्षक पहाडी

1.6k Shares

रौतहटका अशोक पहाडी विगत २ दशकदेखि रौतहटमा करातेको विकासका लागि स्वयंसेवी रूपमा दिनरात लाग्दै आएका छन् । नेपालको खेलकुदको विकासमा स्वतः स्फूर्तरूपमा योगदान गर्नेहरू मध्यका एक पहाडी विगत करिब २ दशक देखि रौतहटमा करातेको विकासका लागि स्वयंसेवी रूपमा दिनरात खट्दै आएका छन् ।
उनले विगत २ दशकदेखि निरन्तर रूपमा करिब डेढ दशकदेखि निःशुल्क रूपमा चन्द्रनिगाहपुर आसपासका क्षेत्रका सयौं बालबालिका तथा किशोर किशोरीलाई कराँते खेल सिकाउदै आएका छन् । हाल उनले बिहान र साँझको सत्रमा गरी करिब सय जनाभन्दा बढीलाई नियमित रूपमा प्रशिक्षण दिँदै आइरहेका छन् ।
उनको दैनिकी बिहान चन्द्रपुर नगरपालिका ४ मा रहेको कभर्ड हलमा गएर त्यहा आएका खेलाडीहरुलाई कराते सिकाएर सुरु हुने गरेको छ । कराते मेरो लागि जीवन जिउने कला नै बनेको छ,सितोरियो कराँते संघ,रौतहटका अध्यक्षसमेत रहेका पहाडी भन्छन्, “बालबालिकालाई कराते सिकाएर जुन आत्मासन्तुष्टि पाउँछु,त्यो अन्त कतै पाउँदिन । कराते खेलको लागि खेलाडीसँग पोशाकको शुल्कबाहेक मैले केही लिएको छैन ।” प्रशिक्षक पहाडीले भने,
ज्यानले भ्याएसम्म यसपछिका दिनमा पनि निःशुल्क रूपमै प्रशिक्षण दिइरहेने विश्वास उनले बताए । उनी भन्छन्, यतिका वर्ष त पैसा नलिइकन सिकाए अब के लिनु ? बालबालिकाको खुशी र जित नै मेरो कमाइ हो । हाल उनको कराते डोजो चन्द्रनिगाहपुर,सन्तपुर, गैंडाटार एवं चिडियादहमा गरेर ४ स्थानमा सञ्चालित छ । 
चन्द्रनिगाहपुरमा रहेको कर्भट हलमा भने पहाडी आफैले प्रशिक्षण दिन्छन् भने अन्य स्थानमा उनले सिकाएका उनका चेलाहरूले प्रशिक्षण दिइरहेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले जिल्लामा कराते खेलका लागि प्रशिक्षकको दरबन्दी दिएको छैन् । दरबन्दी र तलब नभएपनि करातेको विकासको लागि स्वयंसेवी रूपमा लागेका पहाडीको राज्यले पनि कदर गर्नुपर्ने स्थानिय अनमोल कार्की बताउँछन् ।


यसरी खेलकुदको विकासका लागि निःस्वार्थ रूपमा लाग्ने मान्छेलाई हालसम्म राज्यले उचित कदर गर्न नसकेकोमा कार्कीले गुनासो व्यक्त गरे । जिल्लामा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक नभए पनि पहाडीले उत्पादन गरेका रौतहटका खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदकसमेत प्राप्त गरेका छन् । उनले सिकाएका धेरै खेलाडी अहिले स्वयं गुरु बनेर अरूलाई सिकाइरहेका छन् ।
 उनले राष्ट्रिय खेलकुद परिषद् तथा कराते महासंघको सहयोग विनै आफ्नो व्यक्तिगत पहलमा मधेश प्रदेश मै पहिलो पटक रौतहटका खेलाडीलाई म्याटमा प्रशिक्षण लिने व्यवस्था पनि मिलाएका छन् । पहाडीले एसियाका विभिन्न देशमा भएका प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेर आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । उनकै पहलमा जिल्लाको चन्द्रनिगाहपुरमा मधेश प्रदेश मै पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको सफल आयोजनासमेत भएको थियो ।

सम्बन्धित समाचार