बागमतीको आयोजनामा माघ ३ देखि १२ गते सम्म निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविर सञ्चालन हुने

362 Shares

सर्लाहीको बागमती नगरपालिकाको आयोजनामा निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविर सञ्चालन हुने भएको छ।बागमती नगरपालिकाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंको प्राविधिक सहयोगमा सर्लाहीको क्षेत्र नम्बर ३ भरी नै निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविर सञ्चालन हुने लागेको बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।माघ ३ गतेबाट सर्लाहीको क्षेत्र नम्बर ३ भरी नै निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविर सञ्चालन हुने लागेको हो ।

जसमा पहिलो दिन माघ ३ गते मानपुर स्वास्थ्य चौकी बसबरिया,माघ ४ गते हरिपुर नगरपालिका १ स्थित जानकीनगर स्वास्थ्य चौकी,माघ ५ गते बरहथवा नगरपालिका २ हजरिया स्थित रहेको सामुदायिक भवन, माघ ६ गते रौतहटको चन्द्रपुर नगरपालिका १ आधारभुत विद्यालय मंगलपुर,माघ ७ गते बागमती नगरपालिका १२ स्थित रहेको जनजागृति आधारभुत विद्यालय,माघ ८ गते बागमती नगरपालिका ४ नयाँबस्ती जनज्योती आधारभुत विद्यालय,माघ ९ गते बागमती नगरपालिका ३ घरहरा स्थित रहेको जनकल्याण आधारभुत विद्यालय र माघ १० गते हरिवन नगरपालिका ६ को वडा कार्यालयमा बिहान १० बजेदेखि  दिउँसो ४ बजे सम्म निःशुल्क आँखा जाँच तथा अप्रेशन शिविर सञ्चालन हुने आयोजक बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिईन् । उनका अनुसार शिविरमा छनोट भएका मोतिबिन्दुका बिरामीहरुको अप्रेशन बागमती नगरपालिका ५ स्थित रहेको जनता नमुना माध्यमिक विद्यालयमा माघ १० गते देखी १२ गतेसम्म निःशुल्क अप्रेशन समेत गरिने भएको हो ।

सम्बन्धित समाचार