सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटवाट प्रहरीले विशेष सुराकीको आधारमा ठूलो मात्रामा प्रतिवन्धित लागु औषध गाँजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ।लालबन्दी नगरपालिका १३ पत्थरकोटा चोकबाट लालबन्दी पत्थरकोट सडक खण्डमा पत्थरकोटबाट लालबन्दी तर्फ आउँदै गरेको बा २० च १७८२ नम्बरको पिकअप भेन त्यसमा लोड भएको अन्दाजी दुई सय ४४ किलो प्रतिवन्धित लागु औषध गाँजा सहित लालबन्दी नगरपालिका १ नवलपुरका अन्दाजी वर्ष २५ का सुशिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटको संयुक्त प्रहरी टोलीले विशेष सुराकीको आधारमा धानको भुस बोक्ने बोरा भित्र लुकाई छिपाई प्रतिबन्धित लागु औषध गाँजा ल्याउँदै गरेको अवस्थामा बरामत गरिएको हो ।नियन्त्रणमा लिइएको प्रतिवन्धित लागु औषध गाँजा,पिकअप र त्यसका चालक चौधरीलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणम राखेर आवश्यक अनुसन्धान सुरु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।सर्लाहीको चुरे क्षेत्रका साथै सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा उत्पादन हुने प्रतिवन्धित लागु औषध गाँजा सर्लाहीका विभिन्न बाटाहरुको प्रयोग गर्दै छिमेकी देश भारत सम्म पुग्ने गरेको पाईएको छ ।