नेकपा (एकीकृत समाजवादी) का नेता लक्ष्मण पौडेल पार्टीको पोलिटब्यूरो सदस्य र नेतृ बेची लुंगेली केन्द्रीय सदस्य चयन हुनु भएको छ ।नेकपा(एकिकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकले सर्लाहीको बागमती निवासी पौडेललाई पोलिटब्यूरो र लालबन्दी निवासी लुंगेलीलाई केन्द्रीय सदस्यमा चयन गरेको हो ।
पौडेल सो पार्टीको प्रदेश २ का सचिव एवम सर्लाही जिल्ला इन्चार्ज समेत रहनु भएको छभने नेतृ लुंगेली प्रदेश सभा सदस्य रहनु भएको छ । नेकपा एमालेमा रहँदा पौडेल केन्द्रीय सदस्य र लुंगेली जिल्ला कमिटी सचिव रहनु भएको थियो ।
एकीकृत समाजवादी पार्टीले अहिले देशैभर धमाधम कमिटीहरु चयन गरिरहेको छ । बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टुंगो लगाएको हो । पार्टीले सर्लाही लगायतका केही जिल्लाहरुमा पदाधिकारी चयन गर्न सकिरहेको छैन् । जिल्ला तथा प्रदेशबाट कमिटी चयन हुन नसकेपछि अब केही दिनभित्रै केन्द्रीय कमिटीले नै जिल्ला कमिटीको घोषणा गर्ने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।