जिल्ला प्रहरी सर्लाहीले एक पछि अर्का फरार अभियुक्तहरु पक्राउ गरेको छ । जिल्ला अदालत सर्लाहीले चोरी मुद्दामा दोषी ठहर गरी फैसला सुनाएर फरार रहेका व्यक्ति २२ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला अदालतले चोरी मुद्दामा दोषी ठहर गरी फैसला सुनाए पछि फरार भएको २२ वर्षपछि फरार अभियुक्त पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाहीको पर्सा गाउँपालिका १ का कलम हुसैन(मुनियाँ) पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
हुसैनलाई जिल्ला अदालत सर्लाहीले वि.ंसं.२०५६ असार २२ गते १ महिना कैद र रु ३५ हजार जरिवाना तोकेको थियो । त्यस पश्चात हुसैन फरार रहेका थिए ।
हुसैनलाई अदालतको आदेश अनुसार सिन्धुली कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनु भयो ।