वासुदेव श्रेष्ठ स्मृति प्रतिष्ठान सिन्धुलीद्धारा संस्थापक सचिव बराललाई सम्मान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१५ गते   ३०९५ पटक हेरिएको

वासुदेव श्रेष्ठ स्मृति प्रतिष्ठान सिन्धुलीका संस्थापक सचिव कृष्ण हरि बराललाई सम्मान गरिएको छ । सामाजिक कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै बराललाई सम्मान गरिएको हो ।
बरालले प्रतिष्ठान लगाएत करिब दुई दर्जन संस्थामा आवद्ध रहेर सिन्धुलीको सामाजिक कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरेकाले सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । बरालले सामाजिक कार्यमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान पत्र सहित दोसल्ला र फुलमाला लगाएर सम्मान गरिएको प्रतिष्ठान सिन्धुलीका सदस्य महेन्द्रदेव श्रेष्ठले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनु भयो । उहाँका अनुसार  बरालको स्वास्थ्यमा समस्या आएकाले स्वास्थ्य लाभ समेत गरिएको छ । 
प्रतिष्ठान सिन्धुलीका अध्यक्ष कृष्ण हरि अधिकारीको अध्यक्ष तथा प्रतिष्ठान सिन्धुली निर्माण समितिका संयोजक राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।पुष्पा सुनुवार सिन्धुली

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech