Close This

सर्लाहीका बजारहरुमा विषादीयुत्त आँप छयाप्छयाप्ती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-३ गते   १४८ पटक हेरिएको

 सर्लाहीका बजारहरुमा स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैंचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन ।
भारत तथा नेपालको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलंगवा सहित हरिपुर,बरथवा, वयलवास,हरिवन र लालबन्दी लगायतका बजारहरुका साथै गाउा गाउँमा समेत विक्रि वितरण भई रहेको स्थानिय रमेश अधिकारीले बताउनुभयो ।
विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका ६ का स्थानीयवासी सुरेश बस्नेतले बताउनुभयो । उहाँका अनुसार विषादी हालेर पकाइएकोआँख खाँदा आफ्नो छोरो विगत २÷३ दिनदेखि बिरामी परेको छ । २÷३ दिनदेखि आफ्नो करिब ९ वर्षिय छोरो श्रीजल बस्नेतले झाडा पखाला तथा बान्ता गरेको उहाँले बताउनु भयो ।
यता,यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीकी प्रमुख डा.प्रगती राना मगरले बताउनु भयो । कारवाइड प्रयोग गरिएको आँप खादा छालाको रोग, पेट दुख्ने, वान्ता हुने लगायत अन्य स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान डा.रानाले सुझाव दिनुभयो । चन्द्रनिगाहपुर सरकारी अस्पतालका डाक्टर धर्मेन्द्र पटेलको सुझाव रहेको छ ।  छिमेकी देश भारतका व्यापारीहरुले बढि मुनाफा आर्जन गर्ने उदेश्यका साथ मौसम र सिजन विपरित विषादीको प्रयोग गरी पकाएका आँप नेपाली बजारहरुमा बेचिरहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech