व्यवसाय दर्ता तथा नविकरणका लागि लालबन्दीकाे घर दैलाे अभियान

441 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले नगर भित्रको व्यवसायलाई करको दायरामा ल्याउन व्यवसायलाई वैधानिकता दिन,व्यवसाय दर्ता गर्न र व्यवसायीहरुलाई सहजता प्रदान होस भनेर घर दैलो अभियान सुरु गरेको छ।१७ वटा वडा रहेको लालबन्दी नगरपालिकाले नगर उप प्रमुखको नेतृत्वमा उद्योग बाणिज्य संघ लालबन्दी सहितको संयुक्त टोलीले व्यवसाय दर्ता तथा नविकरणको लागि घर दैलो अभियान सुरु गरेको राजश्व शाखाका गोपाल बहादुर थापाले जानकारी दिए ।उनले व्यवसायीहरुलाई सहजता प्रदान गराउनुका साथै नगर परिषदले पास गरेको शुल्क अनुसार व्यवसाय दर्ता तथा नविकरणको काम गर्न÷गराउनु घर दैलो अभियान सुरु गरिएको बताए ।

IMG-20250320-WA0008.jpg
लालबन्दी नगरपालिकाका सबै १७ वटै वडाहरुमा सञ्चालित सबै प्रकारका व्यवसायहरुलाई नविकरण गर्ने गराउने तथा नयाँ व्यवसाय दर्ता गर्न व्यवसायीहरुलाई सहज होस भनेर घरदैलो अभियान सुरु गरिएको लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पना माया पाख्रिनले बताईन् ।उनका अनुसार गैर कानुनी रुपमा सञ्चालित व्यापार व्यवसायहरुलाई कानुनको दायरामा ल्याउनुका साथै नगरको आन्तरिक राजश्वमा वृद्धि गराउन र व्यवसायीहरुलाई सहजता प्रदान गराउन अभियान सञ्चालन गरिएको हो। 
लालबन्दी नगरपालिकाको नगर परिषदले दुई लाख सम्मको पुँजि भएको व्यावसायलाई दुई हजार,दुई लाख देखि तीन लाख सम्म तीन हजार,तीन लाखदेखि पाँच लाख सम्म पाँच हजार,पाँच लाख देखि १० लाख सम्म सात हजार,१० लाख देखि २० लाख सम्म आठ हजार,२० लाखदेखि ५० लाख सम्म १० हजार,५० लाख देखि एक करोड सम्मको व्यवसायमा १५ हजारका साथै एक करोडदेखि तीन करोड सम्मको व्यवसाय गर्दा २० हजार र तीन करोड भन्दा माथिको व्यवसाय दर्ता गर्दा रु २५ हजार शुल्क निर्धारण गरेको नगरपालिकाको राजश्व शाखाका भोला प्रसाद भट्टराईले बताए ।उनका अनुसार व्यवसाय नविकरण गर्नेहरुलाई नयाँ दर्ता गर्न लाग्ने कुल शुल्कको २५ प्रतिशत मात्रै राजश्व लाग्ने छ ।
कार्यक्रममा लालबन्दी नगरपालिकाकी उप प्रमुख कल्पनामाया पाख्रिन,प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने,राजश्व शाखा प्रमुख गोपाल बहादुर थापा,भोला प्रसाद भट्टराई र उद्योग बाणिज्य संघका ज्ञानचन चौधरी सहित सम्बन्धी वडाका अध्यक्षहरुलगायतको विशेष उपस्थितिमा घर दैलो अभियान सञ्चालनभई रहेको हो ।

सम्बन्धित समाचार