पुर्व पश्चिम लोक मार्ग सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा मोटरसाईकलको ठक्करबाट एक बालक घाईते भएका छन ।
ालबन्दी नगरपालिका १ को नवलपुर गोरुबजार स्थित पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना ३९ प ३४९ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदलयात्री सोही स्थानका दिपक तामाङका छोरा अन्दाजी वर्ष ५ को आरब तामाङ घाईते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ ।
बाटो काट्र्ने क्रममा मोटरसाईकलले ठक्कर दिदा घाईते भएका तामाङलाई अहिले स्थानिय लाईफ लाईन हेल्थ केयरमा राखि उपचार भईरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो ।
अनुहारमा चोट लागि उरपचार अवस्थामा रहेका घाइते तामाङको अबस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।