दुर्गा कुमारी अधिकारी
सर्लाहीको ईश्वरपुर नगरपालिकाका विभिन्न तीन वटा वडाका ९५ जना विपन्न घर परिवारहरुका साना व्यावसाय सञ्चालन गर्न सहयोग जुटेको छ । ईश्वरपुर नगरपालिकाका १,३ र ९ का ९५ जना विपन्न घर परिवारहरुलाई साना व्यावसाय सञ्चालन गर्न सहयोग जुटेको ईश्वरपुर नगरपालिकाको कृषि शाखा प्रमुख चिरञ्जीवी महतोले जानकारी दिए ।
उनका अनुसार ईस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज नेपाल हरिवनले विभिन्न किसिमका साना व्यावसाय सञ्चालन गर्न सामाग्री सहयोग गरेको हो । ईश्वरपुर नगरपालिका तीन वटा वडाका गरी ९५ जना विपन्न घर परिवारहरुका लागि उत्थानसिल समुदायको निर्माण परियोजना अन्तर्गत साना व्यवसायहरु सञ्चालन गर्न विभिन्न किसिमका सामाग्रीहरु वितरण गरिएको बागमती सेवा समाज नेपाल,हरिवन सर्लाहीका परियोजना प्रमुख गजेन्द्र साहले जानकारी दिए ।

उनका अनुसार कोरोना महामारीका साथै विभिन्न किसिमका संकटहरुबाट रोजगारी समेत गुमाएका र मारमा परेका विपन्न घर परिवारहरुलाइ साना व्यावसाय सञ्चालन गर्न प्रोत्साहन स्वरुप विभिन्न सामाग्रीहरु सहयोग गरिएको हा । जसमा तरकारी तथा फलफुल व्यावसायीहरुका लागि ठेलागाडा,खाजा घर,फ्रेस हाउस,कस्मेटिक,चटपटे पानीपुरी,किराना,साईकल मर्मत,कृषि जन्य सामाग्रीहरु निर्माण गर्ने,भाँडा मर्मत तथा भाडा पसल,जुत्ता चप्पल तथा कपडा व्यावसायीहरु र कवाडी व्यवसायीहरुलाई व्यावसाय सञ्चालन गर्न सहयोग सामाग्रीहरु जुटेको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार नगरका तीन वटा वडाका ४५ जना साना व्यावसायीहरुका लागि तालिम सहित रु ४० हजार बराबरको सामाग्रीहरु र ५० जनालाई तालिम सहित रु ५० हजार बराबरको सामाग्री ईस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज नेपाल हरिवनले सहयोग गरेको हो ।
सामाग्री प्राप्त भएपछि आर्थिक संकटमा परेको अवस्थामा निकै ठुलो राहत पुगेको स्थानीय अन्जु सिंहले बताइन् । उनका अनुसार कोरोना महामारी र आर्थिक संटकमा परेका आफुहरु जस्ता विपन्न मानिसहरुलाइ सहयोग गरेर निकै ठुलो मल्हम लगाउने काम भएको छ । कोरोना महामारीमा परेर रोजगारी समेत गुमाएको र घर व्यावहार चलाउन समेत समस्या भएको अवस्थामा गैर सरकारी संस्थाले जीविकोपार्जनका सामाग्रीहरु वितरण गर्दा आफुलाई ठुलो राहत मिलेको स्थानीय महेश साह कानुले बताए ।