डेँगी ज्वारो र आँखा पाक्ने समस्या मधेस प्रदेश भरीनै एकखालको महामारीको रुपमा फैलिन थालेको भन्दै मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहको अध्यक्षतामा बैठटक समेत बसेको छ । मन्त्री सिंहको अध्यक्षतामा बसेको बैठकले अहिले महामारीको रुपमा फैलिएको आँखा पाक्ने तथा डेँगी ज्वरो नियन्त्रण गर्न विभिन्न संचार माध्यमबाट जनचेतना मुलक सन्देश प्रवाह गराउने र औषधी व्यवस्थापन गर्न पहल गर्ने विषयमा पनि छलफल भएको मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।
मधेश प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरुको सेवा सुविधामा आमुल परिवर्तन ल्याउन लागि परेका मन्त्री सिंहले समय समयमा मधेश प्रदेश सरकारका सरकारी स्वास्थ्य संस्थाहरुको सेवा सुविधामा आमुल परिवर्तन ल्याउन लागि परेका स्वकीय सचिव त्रिपाठीले बताए ।
त्यस्तै लालबन्दीमा डेँगी ज्वारो तथा आँखा पाक्ने समस्या सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको छ । लालबन्दी नगरपालिका ७ र ९,लालबन्दी जेसिज,लायन्स क्लब अफ लालबन्दी सिटि,लायन्स क्लब अफ लालबन्दी सेन्चुरी र उद्योग बाणिज्य संघ लालबन्दीको संयुक्त आयोजनामा लालबन्दी बजारमा महामारीको रुपमा फैलिन थालेको डेँगी ज्वारो तथा आँखा पाक्ने समस्याबाट जोगिन सर्तक गराउन भन्दै डेँगी ज्वरो तथा आँखा पाक्ने समस्याका बारेमा जानकारीमुलक कार्यक्रम गरिएको हो ।
जिल्लाभर नै अहिले आँखा पाक्ने रोग तथा डेँगी ज्वारोको समस्या विकराल रुपमा देखिन थालेको भन्दै समाजमा अग्रसर भएर काम गरि रहेका लालबन्दी जेसिज,लायन्स क्लब अफ लालबन्दी सिटि,लायन्स क्लब अफ लालबन्दी सेन्चुरी,उद्योग बाणिज्य संघ लालबन्दी र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी र लालबन्दी नगरपालिका ७ र ९ का कर्माचारीहरुका साथै जनप्रतिनिधिहरुले संयुक्त रुपमा महामारीको रुपमा फैलिन थालेको डेँगी ज्वारो तथा आँखा पाक्ने समस्याबाट जोगिन सर्तक गराउन भन्दै डेँगी ज्वरो तथा आँखा पाक्ने समस्याका बारेमा जानकारीमुलक कार्यक्रम गरिएको ,लायन्स क्लब अफ लालबन्दी सेन्चुरी मोहन राउतले जानकारी दिए ।
उनीहरुले लालबन्दी नगरपालिका ९ स्थित बस्तीपुरदेखि लालबन्दी नगरपालिका ७ स्थित रहेको लालबन्दी बजार हुँदैँ लालबन्दी नगरपालिका ६ स्थिजत जनवादी चोक सम्म व्यानर सहित पर्चा बाँडेर जनचेकतनामुलक सन्दैश प्रवाह गरिएको लालबन्दी जेसिजका अध्यक्ष ठाकुर प्रसाद बख्रेल(मनोज)ले बताए ।