सर्लाहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य, ६५ जना निको भए

3.3k Shares

सर्लाही जिल्लामा बिहीबार कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । बिहीबार सूचना प्रकाशित गर्दै कार्यालयले जिल्लाभर १ हजार ३ सय ५६ जना कोरोना संक्रमित भएका जनाएको छ । साथै हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । भने कोरोना संक्रमणबाट ६५ जना निको भएका पनि कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिउकोे छ । बुधबार कोरोनाबाट जिल्लामा  ५ जनाको मृत्यु भएको थियो ।
कोरोनाबाट हालसम्म लालबन्दी नगरपालिका र मलंगवा नगरपालिकामा सबैभन्दा बढीको मृत्यु भएको छ । लालबन्दीमा ८ जना र मलंगवा नगरपालिकामा पनि ८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाउको छ भने चक्रघट्टामा ६ तथा बरहथवा नगरपालिकामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
जिल्लामा कोरोना संक्रमण न्युनिकरण गर्न भन्दै जेठ १७ गते सम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बैठकले जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाको अवधिभर अत्यावश्यक बाहेक सबै सेवामा रोक लगाइएको छ । निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेको पाइए कानुन अनुसार कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको छ । 
सर्लाहीका हरेक स्थानीय तहमा संक्रमित भेटिएकाले प्रशासनले जिल्लामा हुने भीडभाड नगर्न पटक पटक अनुरोध गर्दै आएको छ । तर अत्याआवश्यकिय भनिएको तरकार िबजारमा नै भिडभाड अत्याधिक देखिएको छ । भने नेपाली नम्बर प्लेटका सवारी साधनहरलाई अति आवश्यक काममा जान आउन सवारी पास लिन १० दिन समय लगाउने प्रशासन कार्यालयको मोनताले नेपाली बजारमा भारतिय नम्बरप्लेटका सवारी साधनहरु निर्वाध रुपमा चसल रहेका छन् ।

सम्बन्धित समाचार