चन्द्रनगर २ बाट रकम बाँड्दै गर्दा लाेसपाका राम र चाैधरी पक्राउ,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-३ गते   १२१ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाँउपालिका  २ बबरगन्जबाट मतदातालाई पैसा बाँड्दै गरेकाे अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 
चन्द्रनगर गाउँपालिका २ बबरगन्जबाट लाेसपाका विश्वनाथ राम र ललित चाैधरीलाई रकम बाँड्दै गर्दा रु १ लाख रकम,सहित ४९ थान नमुना मतपत्र सहित प्रदेश २-०१-०२४ च  नम्बरकाे कार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गाडीमा रकम राखि मतदातालाई बाँड्दै हिड्ने र नमुना मतपत्रमा मतदान गर्न प्रचार गर्दै हिडेका उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही  ल्याउँदै गरिएकाे प्रहरीले जनाएको छ ।
उनीहरुले निर्वाचन आचारसंहिता विपरित सवारीसाधनकाे प्रयाेग गरि रकम बाँड्दै गरेका कारण पक्राउ गरिएको हाे ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech