सर्लाहीको इश्वरपुर नगरपालिका ७ स्थित पोखरी टोलका एक युवाको शंकास्पद मृत्युको विषयलाई लिएर पीडित परिवार तथा स्थानीय आक्रोसित भएका छन् ।माघ १९ गते रातीबाट बेपत्ता भएका इश्वरपुर नगरपालिका ७ स्थित पोखरी टोलका अन्दाजी २० वर्षका युवा अनिल कुमार महत्तो कुशवाहाको शंकास्पद मृत्यु भएको विषयमा ईलाका प्रहरी कार्यालय केशरगन्जले छान विनमा ढिलासुस्ती गरेको भन्दै पीडित परिवार र स्थानीय आक्रोसित भएका हुन ।
१९ गतेरातीबाट आफ्ना छोरा बेपक्ता भएपछि अनिलका बुबा राम प्रताप महत्तोले माघ २० गते ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा निवेदन दिएका थिए।त्यसको भोलिपल्ट अर्थात माघ २१ गते इश्वरपुर नगरपालिका ७ कै शंकर प्रसाद मैनालीको पोखरीमा अनिलको शव फेला परेको थियो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरी प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी पोष्ट मार्टमका लागि शवलाई प्रादेशिक अस्पतालमा पठाएको भएपनि पीडित परिवारले घटना शंकास्पद रहेको भन्दै सत्य तथ्य छानविन गरी दोषी पक्ता लगाई आवश्यक कार्बाही गर्न माग गरेका छन्।प्रहरीले उक्त घटनालाई सामान्य रुपमा लिएको भन्दै शव नबुझि पीडित परिवार र स्थानीयले शनिबार ईलाका प्रहरी कार्यालय केशरगन्ज अगाडि टायर वालेर प्रदर्शन गरेका छन् ।
पीडित परिवार तथा आक्रोसित स्थानीयले घटना शंकास्पद रहेको भएपनि प्रहरीले वेवास्था गरेपछि आफुहरु बाध्य भएर आन्दोलीत भएको बताएका छन्।स्रोतका अनुसार घटनास्थल नजिकै अनिलले लगाएको चप्पल र अर्काे तर्फ खेतमा रगत देखिएपछि घटना सामान्य नभई शंकास्पद रहेको छ ।उत्त घटनालाई लिएर सर्लाहीका विभिन्न राजनीतिक दलहरुका उम्मेदवारहरुले सरोकारवाला निकायले चासोका साथ अनुसन्धान गरी दोषी पक्ता लगाई हदै सम्मको कार्बाहीको माग गरेका छन् ।