Close This

सामुदायिकविद्यालयलाई अभिभावकहरुबाट सांढे तीनलाख आर्थिक सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१५ गते   १४४४ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
सर्लाहीकोे बागमतीमा रहेको एक सामुदायिक विद्यालयलाई अभिभावकहरु,स्थानीय समाजसेवीहरुका साथै पुर्व विद्यार्थीहरुबाट करिब रु साँढे तीन लाख रकम सहयोग प्राप्त भएको छ । बागमती नगरपालिका २ स्थित धरहरामा रहेको जनवाल कल्याण माविलाई अभिभावकहरु,स्थानीय समाजसेवीका साथै पुर्व विद्यार्थीहरुबाट रु तीन लाख ४२ हजार नौ सय ७२ रकम विद्यालयको खातामा सहयोग स्वरुप प्राप्त भएको प्रधानाध्यापक प्रकाश बहादुर जिम्वाले जानकारी दिए । 
उनका अनुसार विद्यालयलाई बाल कक्षा (ए.सी.डी)लाई थप व्यावस्थीत बनाउनुका साथै विद्यालयको सदन पोशाक तथा शैक्षिक सुधार सामाग्री खरिद र विद्यालयका अन्य व्यावस्थापकीय कामहरुका लागि भन्दै अभिभावकहरु,स्थानीय समाजसेवीहरुका साथै पुर्व विद्यार्थीहरुबाट रु तीन लाख ४२ हजार नौ सय ७२ रकम विद्यालयको खातामा सहयोग स्वरुप प्राप्त भएको हो ।
बाल कक्षा (ए.सी.डी)लाई थप व्यावस्थीत बनाउनुका साथै विद्यालयको सदन पोशाक तथा शैक्षिक सुधार सामाग्री खरिद र विद्यालयका अन्य व्यावस्थापकीय कामहरुका लागि बागमती नगरपालिका ३ का सुरेश मण्डलबाट रु १० हजार एक सय,बागमती ३ का नारायण कार्कीबाट रु तीन हजार,बागमती २ का प्रमोद बस्नेत र सकिला सिवाकोटीबाट रु २६ हजार २२,बागमती २ का मुरारी कोईरालाबाट रु तीन हजार एक सय पाँच,बागमती ३ का अनिल तिमल्सीनाबाट रु २५ हजार ९५,हरिवन नगरपालिका ११ का मुकुन्द प्रसाद उप्रेतीबाट रु ५० हजार,बागमती ५ का सुरज केसीबाट रु ३० हजार,बागमती २ को रुद्रदीप स्मृति अक्षय कोष सञ्चालकबाट रु ३० हजार,बागमती ३ का तेन्छेन थिङ्गबाट रु १० हजार,बागमती २ का किरण तिमल्सीनाबाट रु २५ हजार,लालबन्दीकी अस्मीता पाठक(बिमला)बाट रु पाँच हजार,बागमती ३ का आशिक मण्डलबाट रु १० हजार एक सय २५,बागमती २ का रामकुमार राउतबाट रु पाँच हजार पाँच,बागमती ३ का गंगा बहादुर मोक्तानबाट रु १० हजार,बागमती ३ का राम प्रवेश मण्डलबाट रु १० हजार,बागमती १ का उत्तम खड्काबाट रु २९ हजार,बागमती ६ का कर्म घिसिङ,रोशनी घिसिङबाट रु २५ हजार,बागमतीका रचिन वाईवा,पासाङ वाईवा,विशाल घलान र उमेश मोक्तानबाट रु ३६ हजार पाँच सय २० गरी कुल रु तीन लाख ४२ हजार नौ सय ७२ रकम विद्यालयलाई सहयोग प्राप्त भएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टंक बोहोराले बताए ।
उनका अनुसार विद्यालयको बाल कक्षा (ए.सी.डी)लाई थप व्यावस्थीत बनाउनुका साथै विद्यालयको सदन पोशाक तथा शैक्षिक सुधार सामाग्री खरिद र विद्यालयका अन्य व्यावस्थापकीय कामहरुका लागि बागमती घरभई हाल विभिन्न सिलसिलामा विदेशमा रहेका मानिसहरुबाट रु तीन लाख ४२ हजार नौ सय ७२ सहयोग प्राप्त भएको हो । 
बागमती नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर सुर्धान पहल गरि रहेको समयमा समुदाय स्तरबाट सामुदायिक विद्यालयलाई बाल कक्षा (ए.सी.डी)लाई थप व्यावस्थीत बनाउनुका साथै विद्यालयको सदन पोशाक तथा शैक्षिक सुधार सामाग्री खरिद र विद्यालयका अन्य व्यावस्थापकीय कामहरुका लागि भन्दै नगद सहयोग प्राप्त भएको नगर शिक्षा शाखा प्रमुख मीन प्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार नगर भित्रका सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारको अभियान सुरु गरेपछि समुदाय स्तरका समाजसेवी,अभिभावकहरुका साथै पुर्व विद्यार्थीहरुबाट सहयोग प्राप्त हुन थालेको हो । समुदाय स्तरका समाजसेवी,अभिभावकहरुका साथै पुर्व विद्यार्थीहरुले स्वच्छाले विद्यालयको खातामा सहयोग स्वरुप रु तीन लाख ४२ हजार नौ सय ७२ रकम जम्मा गर्नु भएको नगर शिक्षा शाखाले जनाएको छ ।
नगर भित्र रहेका सामुदायिक विद्यालयहरुको आन्तरीक आयस्रोत नभएकाले शिक्षकहरु आवश्यक मात्रामा राख्न नसक्दा विद्यालयको पठन पाठन प्रभावित भएको अवस्थामा सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर सुधारमा अभिभावकको पनि विशेष भुमिका रहने भन्दै आफुहरुले स्वच्छाले सकेको सहयोग गरेको बागमती नगरपालिका  १  मिलनचोक निवासी सोही विद्यालयका पुर्व विद्यार्थी उत्तम  खड्काले बताए । उनले विद्यालयलाई बाल कक्षा (ए.सी.डी)लाई थप व्यावस्थीत बनाउन भन्दै रु २९ हजार सहयोग गरेका विद्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech