हरिवनमा ८ मा आगलागीबाट एउटा घर जल्यो, अर्कोमा आंशिक क्षति

373 Shares

 सर्लाहीको हरिवन नगरपालिका ८ स्थित पुरानो बजारमा आगलागी हुँदा एउटा घर पूर्णरुपमा जलेको छ भने अर्को एउटा घरमा आंशिक क्षति पुुगेको छ।आगलागीबाट सुजिता मास्केको काठले बनाएको घर पूर्णरुपमा जलेको र सोही आगलागीमा परेर छिमेकी दीपकुमार जिसीको घरमा आंशिक क्षति पुुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
प्रहरीका अनुसार स्थानीय,सुरक्षाकर्मी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो।आगलागीको वास्तविक कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको बताए।आगलागीबाट करिव रु १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । क्षतिको एकिन विवरण भने संकलन हुन बाँकी रहेको छ ।

सम्बन्धित समाचार