Close This

माओवादी केन्द्र बागमती–१२, को वडा कमिटि गठन,नगरको ८ नम्बरमा कमिटि गठन गर्न बाँकी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१२ गते   ३०१३ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका १२ मा नेकपा(माओवादी केन्द्र) कोवडा कमिटि गठन गरिएको  छ । शनिवार बागमती नगरपालिका–११, मा भएको भेलाले बागमती नगरपालिका १२ को वडा कमिटि गठन गरेको हो । 
माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले निवर्तमान वडाध्यक्ष हरि प्रसाद पुडासैनीको अध्यक्षतामा २९ सदस्य वडा कमिटि गठन गरेको छ । वडा कमिटिको सचिवमा उत्तम कुमार आचार्य चयन हुनु भएको छ । 
यसैविच सोही भेलाले अम्बिका अधिकारीको अध्यक्षतामा ३५ सदस्य अखिल नेपाल महिला संघको वडा कमिटि समेत गठन गरेको छ । सघंको उपाध्यक्षमा पुर्ण कुमारी दाहाल, सचिवमा हिरामाया लोप्चन र कोषाध्यक्षमा मुना लायो मगर चयन हुनु भएको छ । भेलाले घनश्याम थापाको संयोजकत्वमा २२ सदस्य सल्लाकार समिति समेत गठन गरेको माओवादी केन्द्रले जनाएको छ । सोही भेला मार्फत विभिन्न पार्टी परित्याग गरेर कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यस्तै बागमती नगरपालिकामा रहेका १२ वटा वडा मध्य ११ वटा वडामा माओवादी केन्द्रको  वडा कमिटि विस्तार भएको माओेवादी केन्द्रले जनाएको छ । केन्द्रको बागमती नगरपालिका–१, मा कुमार बुडाथोकी, २ मा टेक बहादुर बल, ३ मा लाल कुमार लामा, ४ मा मंगल सिंह लामा, ५ मा बुद्धि बहादुर तुम्सिङ, ६ मा पुष्प खड्का, ७ मा राजन घिसिङ, ९ मा रविन्द्र ठकुरी, १० मा गोमा लामा, ११ मा हरि प्रसाद पुडासैनी र १२ मा हरि प्रसाद पुडासैनीको अध्यक्षतामा वडा कमिटि गठन भएको हो । नगरको ८ नम्बर वडामा भने गठन हुन बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।
भेलामा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, उप प्रमुख लिला कुमारी मोक्तान, भुवन निरौला, बद्रि प्रधान, रामहरी कोईराला, कुमार तुम्सिङ, जगत बहादुर थापा, प्रदिप आचार्य, घनश्याम थापा, भरत महत, बद्रि कुमार खड्का, कविराज खड्का र भिमसेन थापा लगायत अतिथि रहेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech