मधेश प्रदेशका पत्रकारहरुसंग स्वास्थ्य समाचारका विषयमा अन्तरक्रिया

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-२४ गते   ३४३ पटक हेरिएको

सर्लाहीको बागमती सेवा समाज नेपाल र आड्रा नेपालले मधेश प्रदेशका पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । महोतरीको बर्दिवासमा बागमती सेवा समाज र आड्रा नेपालले मधेश प्रदेशका पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
मधेश प्रदेशका आठै जिल्लाका पत्रकारहरुसँग  संस्थाहरुको कार्यप्रगति सार्वजनिक र स्वास्थ्य समाचार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबाट र मंगलबार गरि दुईदिनमा ७० जना पत्रकारहरुसँग बरिस्ठ स्वास्थ्य पत्रकार अतुल मिश्राले छलफल गर्नुभएको हो । कार्यक्रममा पछिल्लो समय स्वास्थ्य समाचारको महत्व बढ्दा पनि बढि राजनैतिक समाचार संचार माध्यमा आउने गरेकोले स्वास्थ्य समाचारको स्थान पनि संचार माध्यममा बढि होेस् भन्ने उदेश्यले कार्यक्रम संचालन गरिएको आयोजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech