सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक चन्दको कमिसनको खेलःपत्रकारको नाममा समेत असुली

229 Shares

सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे।क्वा।गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक देव वहादुर चन्द असुलीमा लिप्त भएका रहस्य बाहिरिएको छ ।सीमा सुरक्षाका लागि भन्दै २०५७ सालमा स्थापना भएको सशस्त्र प्रहरी संगठन सीमा क्षेत्रमा कमिसन असुलीमै खटिने गर्दा भन्सार छली मात्रै भएको छैन,रातारात सीमास्तम्भहरु हराउँदा र सीमा मिचिदा समेत थाहा पाउँदैनन् ।जसको ज्वलन्त उद्दाहरण मधेस प्रदेशको चार सय ६४ किलो मिटरको दुरीमा रहेका  चार हजार २७ वटा सीमास्तम्भहरु मध्य चार सय ९३ वटा सीमास्तम्भहरु हराएका छन् ।

त्यति मात्र नभई मधेश प्रदेशका विभिन्न जिल्लाहरुका सीमानाकाहरुबाट भित्रिएको भन्सार छलीको सामान मधेश प्रदेश भन्दा बाहिर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिनुले पनि मधेशका सुरक्षाकर्मी हरुको मिलेमतोमा कसरी भन्सार छली तथा तस्करी भई रहेको छ भन्ने प्रष्ट हुन्छ । त्यसमा पनि सर्लाहीका विभिन्न बिओपी/वेश र गुल्महरुमा कार्यरत सशस्त्र प्रहरी अधिकारीहरु धमाधम कार्बाहीमा पर्नुले पनि सर्लाही व्यापक तस्करी भएको प्रमाणित गर्छ । आश्चर्यको कुरा त के हो भने  पत्रकार तथा सञ्चारकर्मीहरुको नाम प्रयोग गरेर समेत सशस्त्र प्रहरी उपरीक्षक चन्दले बिओपी/वेश र गुल्महरुबाट मासिक प्रति बिओपीरवेश र गुल्महरुबाट चार हजारदेखि छ हजार सम्म रकम असुल्ने गरेका रहस्य बाहिरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक चन्दले सर्लाहीका पत्रकारहरुलाई मिलाउनु पर्छ भन्दै बिओपीरवेश र गुल्महरुबाट प्रति महिन प्रति युनिट चार हजार देखि छ हजार सम्म रकम उठाउने गरेका, तस्करहरुलाई गणमै बोलाएर भेटेर कमिसन लिने गरेका,गणमा रहेका सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको समेत नाम बदनाम गराउने गरेका,तस्करहरुका साथै बिओपी/वेश र गुल्महरुबाट रकम असुलेर लालबन्दीका होटलहरुमा कार्यालयको सवारीसाधन लिएर आई मापसे गर्नुका साथै यौनजन्य क्रियाकलापमा समेत संग्लग्न हुने गरेका साथै तस्करहरुका साथै बिओपी÷वेश र गुल्महरुबाट मासिक करिब साँढे छ लाख रकम कमिसन असुल्ने गरेका समेत रहस्य बाहिरिएको छ ।
उनले बिओपी/वेश र गुल्महरुले नियन्त्रणमा लिएका पटकहरु ल्याएर घर पठाएका र जिल्लाका बिओपी/वेश र गुल्महरुको अनुगमन तथा छानविन गर्न बनेको समितिलाई अवरोध सृजना गर्ने गरेका समेत रहस्य बाहिरिएको छ ।
पत्रकारको नाममा रकम असुल्ने गरेका रहस्य सार्वजनिक
स्थानीय व्यापारीहरुका साथै बिओपी/वेश र गुल्महरुबाट सशस्त्र प्रहरी उपरीक्षक चन्दले मासिक रुपमा चार हजार देखि छ हजारका दरले रकम असुल्ने गरेका केही व्यापारीहरु र सशस्त्र प्रहरी कर्मचारीहरु बताउँछन् । “पत्रकारलाई बुझाउनुपर्छ भनेर असुलीएको रकम केही पत्रकारसम्म पुगेपनि अरु पत्रकारहरुलाई अनावश्यक बदनाम गराउने गरेका पाईएको हो ।” सर्लाहीका एक व्यवसायीले नाम नखुलाउने सर्तमा भने।
उनले थपे,त्यस किसिमका असुलीका कारण कमिसन नलिने पत्रकारहरु तथा सञ्चारकर्मीहरू पनि आलोचनाको दायरामा परेका छन्। “पत्रकारका नाममा रकम उठाइन्छ, तर पत्रकारले त्यसको जानकारी पनि पाउँदैनन्,” एक स्थानीय सञ्चारकर्मीले भने, “यसले प्रेसको साख घटाउने काम  गरेको छ।”
आपूर्तिकर्तामाथि दबाब र असुली प्रणाली
सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे।क्वा।गणा सर्लाहीलाई आवश्यक पर्ने खाद्यान्न,पेट्रोलियम पदार्थ,स्टेशनरी वा सवारीसाधनहरु मर्मतका सामाग्री आपूर्तिमा संलग्न व्यापारीहरूसंग समेत सशस्त्र प्रहरी उपरीक्षक चन्दले कमिसन असुल्ने गरेका छन् ।
आन्तरिक अनुसन्धानको माग
सशस्त्र प्रहरी उपरीक्षक चन्दको असुली रहस्य सार्वजनिक भएपछि जिल्लाका नागरिक समाज र मानव अधिकारकर्मीहरूले आन्तरिक अनुसन्धानको माग गरेका छन्।“सुरक्षाकर्मीहरू जनताको सुरक्षाका लागि हुन्, नकि असुलीका लागि,”एक नागरिक अगुवाले भने,सुरक्षासम्बन्धी कार्यालयहरूका गतिविधि निगरानी गर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको रहेपनि यश प्रकारका गतिविधिहरुमा नजर नपुगेको  स्थानीय बताउँछन् ।
प्रेस स्वतन्त्रता र साखमा असर
पत्रकारका नाममा रकम असुलीको आरोपले सञ्चार माध्यमको विश्वसनीयतामै प्रश्न खडा गरेको छ।“सञ्चारकर्मीहरू आफ्नै इमानदारीका लागि संघर्ष गरिरहेका बेला उनीहरूको नाममा यस प्रकोको गतिविधि  हुनु दुर्भाग्यपूर्ण हो । यस्ता प्रकारका गतिविधिहरुले पत्रकारिताको साखमा ठूलो असर पुर्याउछ ।“एक सञ्चारकर्मीले बताए । यस्ता गतिविधिको निषेध गर्दै “पत्रकारका नाममा हुने असुली,धम्की वा दुरुपयोग तत्काल रोक्नुपर्ने” उनले माग गरेको छ।स्थानीय स्तरमा सुरक्षा निकायका आर्थिक क्रियाकलापहरूमा निगरानी गर्ने कुनै स्पष्ट संयन्त्र नभएकै कारण अनियमितता बढेको जानकारहरुको विश्लेषण छ।

सम्बन्धित समाचार