प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्र विरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बताएका छन्।मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्न बुटवल पुगेका माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले कहिले नेकपा(एमाले) र कहिले नेपाली कांग्रेससँगै गठबन्धन गर्दा उनीहरूको रोग सरेकोले अब त्यो गल्ती सुर्धान जनतासँग माफी माग्न मैदानको आएको बताउँदै अहिलेको गठबन्धन सरकार भ्रष्टाचारी र विचौलियाको पक्षमा रहेकाले जनताले त्यसको प्रतिकार गर्नुपर्ने समय आएको उनले बताए ।

गठबन्धन सरकारले भ्रष्टाचारी र विचौलियाको पक्ष पोषण गरि रहेको र यस प्रकारका गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै यी दुबै हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले चेतावनी दिए ।
“सदन र सडकबाट भण्डाफोर अभियानमा छौं,तर रौतहटमा आउँदा सरकारको गलत कृयाकलापले इतिहासबाट परास्त समूहले चुनौती दिएकाले काठमाडौं गएर विरोध गरेका छौं।अहिलेको सबै अधिकारको जननी माओवादी हो,त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादी कै हो, धमिलो पानीमा माछा मार्ने चलखेल सफल हुँदैन,दलालको इशारामा सरकारले जनतालाई सताउन दिँदैनौ ।” माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले बताए ।
अहिलेको राजनीति परिवर्तन,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जननी शक्तिको हैसियतले माओवादी केन्द्रले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उनले स्पष्ट पारे ।
अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै उनलेले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने समेत चेतावनी दिए ।
“हामीले नेतृत्व गरेको सरकारले भ्रष्टाचारको फाइल खोलिरहेको थियो,देशव्यापी सकारात्मक काम भएको थियो,भारत,चीन र युरोपीयन देशहरुसँग कुटनैतिक मर्यादा बनाएको थियो,अन्तर्राष्ट्रिय मन्चमा हामी अब्बल थियौ,हाम्रो धारणाले प्रशंसा पाएको थियो तर त्यो आन्दोलन धेरैलाई मन परेको थिएन, संविधान मिचेर षड्यन्त्रमूलक तरिकाले सरकारबाट बाहिर फालिएको हो,मैले अन्तिम पटक सदनमा पनि भनेको थिएँ त्यो व्यवहार विरूद्ध झापड दिने बताएको थिएँ अहिले तराईमा त्यो अभियान चलाएका छौं ।”उनले बताए ।
“सबै जात र क्षेत्रमा मोर्चा बनेका थिए।सबै वर्ग,जाति समुदायको बलिदानबाट अहिलेका अधिकार आएका हुन्,प्रतिक्रियावादीको जतिसुकै अत्याचार विरूद्व गोलबन्द एकता जातीय मोर्चाले गरेको हो ।उत्पीडित जातिका मोर्चाले नै दुस्मनका सबै योजना असफल बनाएका हुन ।”उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले “कुलमान मैले नियुक्ति गरेको हो,उनकै कारणले देश उज्यालो भएको हो।परिवर्तन उल्टाउने र गलत गर्ने कसैलाई छुट दिँदैनौ।अहिले आएर संघीयता,समावेशिता,समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ।प्रतिगामी तत्वहरु व्यवस्थामाथि धावा बोल्न खोज्दैछ्न भने भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्,यसखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादी कै भएकाले विचलित नभई एक पटक सडकमा हुँकार गर्ने बेला भएको छ ।”उनले बताए ।