लागू औषध न्युनिकरणमा पत्रकारको भुमिका सम्बन्धी अन्तरक्रिया

428 Shares

नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाले लागू औषध न्युनिकरणमा पत्रकारको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ।गोदावरी नगरपालिका ३ सँगको सहकार्यमा महासंघले मंगलबार ललितपुरको महालक्ष्मीस्थानमा लागू औषधसम्बन्धी कसरी समाचार सम्प्रेषण गर्ने भन्ने विषयका साथै पत्रकारको दायित्वसम्बन्धि सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिएको नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका अध्यक्ष रामहरी कार्कीले जानकारी दिए ।

WhatsApp Image 2025-03-11 at 9.00.20 PM (1).jpeg
नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले पछिल्लो समय जारी गरेको पत्रकार आचारसंहिताले पनि लागू औषधलगायत जनस्वास्थ र समाजमा प्रतिकूल समाचार सामग्री सम्प्रेषण गर्न नहुने उल्लेख गरेकाले सो सम्बन्धमा जानकारी गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनलेबताए ।
पछिल्लो समय लागू औषधबाट युवावर्ग बढी प्रताडित भएको र उनीहरुलाई सचेतना फैलाउन सञ्चार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने गोदावरी नगरपालिका ३ का वडाध्यक्ष सानुराजा घिमिरेले बताए। उनले लागू औषध नियन्त्रणको अभियानसमेत गोदावरी नगरपालिका ३ ले चलाएको बताउँदै धेरै युवाहरुमा वितृष्ण भएको कारण लागू औषधमा फसेका समेत बताए।“लागू औषधले कसरी असर पारेको छ? युवाहरु कसरी फस्दै छन् ? र देशमा यसको असर के छ ? भन्ने विषयमासञ्चारकर्मी र सञ्चारमाध्यमले बढी  ध्यान दिन आवश्यक देखिन्छ ।”अध्यक्ष घिमिरेले बताए ।“गोदावरी नगरपालिका ३ मा लागू औषध सेवन रोक्न सचेतनाका अभियान गरिरहेका छौं,प्रहरीसँग समन्वय गरेका छौं,लागू औषध न्युनिकरण गरे मात्रै समाज व्यवस्थित बन्न सक्छ,युवाहरुबाट देश निर्माणमा टेवा पुग्न सक्छ।”अध्यक्ष घिमिरेले बताए ।

WhatsApp Image 2025-03-11 at 9.00.20 PM.jpeg
लागू औषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रणबारे सञ्चार माध्यमहरु चनाखो भएर समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोसन पुरीले बताए ।उनले  महासंघको केन्द्रिय समितिले यसबारेमा पत्रकारलाई जिम्मेवार बनाउने गरी काम गर्न नसकेको आलोचना समेत गरे ।प्रस्तुतीकै क्रममा पुरीले नेपाल पत्रकार महासंघको इतिहास र विश्व परिवेशलगायतका बारेमा सञ्चारकर्मीहरुलाई जानकारी दिएका आयोजकले जनाएको छ।उनले पछिल्लो समय पत्रकार महासंघको भुमिका कमजोर हुँदा पत्रकारितामा विकृति बढेको समेत बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान लेखासमिति संयोजक लेखनाथ न्यौपाने,केन्द्रीय सदस्यहरु अर्जुन पन्त,सूर्य सुवेदी,महासंघ वागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर,उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोका,काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल,ललितपुर शाखाका सल्लाहकार ज्ञानप्रसाद पौडेल र अग्रज पत्रकार प्रभुनारायण बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार