न्यायिक समिति र मेलमिलापकर्तालाई चन्द्रनगरमा अनुशिक्षण प्रदान

3.9k Shares


शंखर पहाडी(गौरब)


सर्लाहीको चन्द्रनगर गाउँपालिकामा स्थानीय तहमा न्यायिक समितिको काम,कर्तव्य र अधिकार क्षेत्र विषयक एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चन्द्रनगर गाउँपालिकामा साउथ एशिया पार्टनरशीप नेपालले न्यायिक समिति र ७ वटै वडाका मेलमिलापकर्तालाई अनुशिक्षण प्रदान गरेको हो ।
न्यायिक समितिको काम,कर्तव्य र अधिकारसँगै न्यायिक समितिले हेर्ने मुद्दा, मेलमिलापकर्ताले मेलमिलाप गराउँदा अपनाउनुपर्ने प्रक्रिया लगायतबारे प्रष्ट पार्ने उद्देश्यले अनुशिक्षण प्रदान गरिएको साउथ एशिया पार्टनरशीप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए ।
सहभागी न्यायिक समितिका पदाधिकारी र मेलमिलाप केन्द्रका मेलमिलापकर्तालाई कृष्ण गौतमले प्रशिक्षण प्रदान गरेका आयोजक साउथ एशिया पार्टनरशीप नेपालले जनाएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार महतो,उपाध्यक्ष गीतादेवी महतो,न्यायिक समितिका सदस्य एवम चन्द्रनगर गाउँपालिका १ का वडाध्यक्ष रामेश्वर प्रसाद महतो, न्यायिक समितिका फोकल पर्सन बासुदेव महरालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार