नेपाली महिला क्रिकेट टिम आईसीसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ ।सुपर–३ को खेलमा यूएईमाथि पाँच विकेटको जित निकाल्दै नेपाली टिम ग्लोबल क्वालिफायर्समा प्रवेश गरेको हो ।
सोमबार बैंककमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको एक सय १५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो।त्यसअघि,टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १४ रनको योगफल खडा गरेको थियो ।
यो नतिजासँगै प्रतियोगिताबाट नेपाल र थाइल्यान्ड गरी दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गरेका हुन् । सुपर–३ को दुवै खेलमा पराजित भएको यूएईको भने सम्भावना समाप्त भएको छ।अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले आज थाइल्यान्ड विरुद्ध खेल्ने छ ।