Close This

सर्लाहीमा (लोसपा)लाई ५ स्थानिय निकायको समर्थन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२१ गते   २७०४ पटक हेरिएको

सर्लाहीमा राष्ट्रिय जनता पार्टी (राजपा) का ७ मध्य ५ स्थानिय निकायका जनप्रतिनिधिहरुले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई समर्थन जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय सर्लाहीमा पुगि उनिहरुले (लोसपा)का लागि आफ्नो समर्थन जनाउदै सनाखत गरेका हुन ।
तत्कालिन राजपा र तत्कालिन फोरम नेपालले जिल्लाको सात स्थानिय विजय हाँसिल गरेको थियो । पार्टी विभाजन पछि ठाकुरको गृह जिल्लासमेत रहेको सर्लाहीमा (लोसपा) बलियो देखिएको छ ।निर्वाचन कार्यालयमा सनाखत गरेसंगै सर्लाहीमा (लोसपा)मा ८५ प्रतिशत स्थानिय निकायका जनप्रतिनिधिहरुको ठाकुर नेतृत्वमा समर्थन पुगेको छ ।
(लोसपा) मा आफ्नो समर्थन जनाउने स्थानिय निकायहरुमा बलरा नगरपालिका, गोडैता नगरपालिका, कौडेना गाउँपालिका, र चन्द्रनगर गाउँपालिका रहेका बलरा नगरपालिकाका नगर प्रमुख अभय कुमार सिंहले जानकारी दिनु भयो । उहाँका अनुसार अब सर्लाहीमा २ वटा स्थानिय निकायहरु मात्र जनता समाजवादी पार्टी (जसपा)मा बाकी रहेका छन् ।
निर्वाचन आयोगले निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न यही भदौ २२ गते (भोली) अपराह्न ५ बजेसम्मको समय सीमा निर्धारण गरेकोे छ । सरकारले हालै ल्याएको अध्यादेश अनुसार सङ्घीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएको हो । भने नेकपा(एमाले) विभाजन भएर नेकपा(एमाले) र नेकपा(एकिकृत समाजवादी) पार्टी बनेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech