सर्लाहीको लालबन्दीमा शनिबार लालबन्दी जेसिजको चौंथो पदस्थापन कार्यक्रम गरिएको छ । लालबन्दी जेसिजको वर्ष २०२२ का अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लालबन्दी जेसिज वर्ष २०२३ को नवगठित नेतृत्वको पदस्थापन भएको छ । केही दिनअघि भएको भेलाबाट वर्ष २०२३ का लागि ठाकुरप्रसाद बख्रेल(मनोज) अध्यक्ष रहने गरी लालबन्दी जेसिजको नयाँ कार्य समिति चयन गरिएको थियो ।
कार्यक्रममा लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख कल्पनामाया पाख्रिन,लालबन्दीका नवर्तमान नगर प्रमुख मानबहादुर खड्का, विभिन्न वडाका वडा अध्यक्षहरुका साथै विभिन्न ठाउँबाट जेसिजका पदाधिकारीलगायतको आतिथ्यता रहेको लालबन्दी जेसिजले जनाएको छ ।