दुर्गा कुमारी अधिकारी
सर्लाहीका हुलाक कार्यालयहरुमा कार्यरत २ सय ३२ जना कर्मचारीहरु आन्दोलित भएका छन् । जेठ १५ गतेको बजेट भाषणमार्फत सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेपछि जिल्लाका अतिरिक्त हुलाक कार्यालयहरुमा कार्यरत २ सय ३२ कर्माचारीहरु आन्दोलीत भएका हुन ।
सर्लाहीका १४ वटा ईलाका हुलाक कार्यालयहरु र ७९ वटा अतिरिक्त हुलाक कार्यालयहरुमा कार्यरत २ सय ३२ जना कर्माचारीहरु आन्दोलीत भएका छन् । जेठ १६ गतेदेखि नै अतिरिक्त हुलाक कार्यालयहरुले प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गरी हुलाक कार्यालयहरुमा कार्यरत कर्माचारीहरुले आन्दोलन सुरु गरेका हुन । सरकारले कार्यालय खारेज गर्ने घोषणा गरेपछि वर्षौदेखि सेवा प्रदान गर्दै आइरहेका हुलाक कार्यालयहरुका कर्माचारीहरु कामकाजविहीन हुने भन्दै कर्मचारीहरुले आन्दोलन सुरु गरेको नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन सर्लाहीका सचिव शेखर खड्काले जानकारी दिए ।
उनका अनुसार “आन्दोलित कर्मचारीहरुले अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर,लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी खोस्न पाइँदैन,राजिनामा दिइ सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधिको आधारमा सेवा सुविधा सुनिश्चित गर”लगायतको माग राख्दै विरोध र्याली गरेका हुन । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका उनीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
यो देशमा आन्दोलन विना केही नहुने र सरकारले आफुहरुको माग सम्बोधन नगरे थप कडा आन्दोलनहरु घोषण गर्ने नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन सर्लाहीका अध्यक्ष विजय यादवले बताए ।उनका अनुसार कम पारिश्रमिकमा काम गरेका अतिरित्त हुलाक कार्यालयहरुका कर्माचारीहरुलाई राज्यले अन्याय गरेको हो ।
बेरोजगारीलाई रोजगारीको व्यावस्था गर्ने बताई रहेको सरकारले लामो समयदेखि काम गरि रहेका अतिरिक्त हुलाक कार्यालयका कर्माचारीहरुलाई हचमनब अलपत्र पार्ने काम गरेका कारण आफुहरु आन्दोलनमा उत्रिएको अखिल नेपाल अस्थायी करार ज्यालादारी कर्माचारी संघ,मधेश प्रदेशका अध्यक्ष लालबाबु यादवले बताए । सरकारले घोषणा गरेको कार्यक्रमबाटै सरकार पछि हटेको उनको भनाई छ ।
आन्दोलनको कार्यक्रम अन्तर्गत असार ९ गतेसम्म कार्यालय बन्द गरेर कामकाज ठप्प पार्ने र त्यसबेलासम्म पनि आफूहरुको माग सुनुवाई नभए असार १० गतेबाट अतिरिक्त हुलाक कार्यालयहरुसँगै इलाका हुलाक र जिल्ला हुलाक कार्यालयमा समेत तालाबन्दी गरेर कामकाज ठप्प पार्ने अतिरिक्त हुलाक कार्यालयका कर्माचारीहरुको भनाई छ । देशभरका १० हजार ८ सय ५३ जना अतिरित्त हुलाक कार्यालयहरुका कर्माचारीहरु अहिले अलपत्र परेका छन् । भने जताततै आन्दोलनका कार्यक्रमहरु भई रहेका छन् ।