Close This

हरिवन ११ मा सर्पकाे टाेकाईबाट एक महिलाकाे मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२४ गते   १९० पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका ११ हरिवनमा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ ।शुक्रबार दिउँसो  हरिवन नगरपालिका ११ हरिवन बस्ने भीमप्रसाद दाहालको घरमा ठेकदारसँग श्रम गर्न आएकी स्थानीय अन्दाजी  ३५ वर्षीय श्याम कुमारी महतोलाई सर्पले टोक्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।
काम गर्ने क्रममा गोमन सर्पले टोकेपछि सिकिस्त भएकी महिलालाई उपचारको लागि लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा रहेकाे सर्प दंश उपचार केन्द्र नवलपुर लगिएको थियाे । त्यहाँ सामान्य उपचारपछि  थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा रिफर गरिएको थियो। सोही अस्पतालमै राति ११ बजे उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
महिलाको मृत्यु भइसकेकाले शनिबार बिहान माइती पक्षले शव बुझेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech