इश्वरपुर ७ मा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु एक घाईते

232 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ७ स्थित फुलजोर त्रिभुवननगर हुलाकी सडक खण्डको बयलबास–बबरगंज क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । ईश्वरपुर नगरपालिका ७ स्थित फुलजोर त्रिभुवननगर हुलाकी सडक खण्डको बयलबास–बबरगंज क्षेत्रको शिवानी ईन्टरप्राईजेज नजिकै दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको र अर्का एक जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ईश्वरपुर नगरपालिका ७ स्थित फुलजोर त्रिभुवननगर हुलाकी सडक खण्डको बयलबास–बबरगंज क्षेत्रमा बयलबासबाट खोरीयाटोल तर्फ जादै गरेको बिआर ३० एफ ८८५६ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको ना ३९ प ७१६८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा ना ३९ प ७१६८ नम्बरको मोटरसाईकलका चालक ईश्वरपुर नगरपालिका १० का अन्दाजी बर्ष ५० का राजेश चौधरीको मृत्यु भएको छ भने बिआर ३० एफ ८८५६ नम्बरको मोटरसाईकलका चालक ईश्वरपुर नगरपालिका ९ खोरियाटोलका अन्दाजी वर्ष ३७ का शुशिल कुमार राय दनुवार घाईते भएका हुन ।
दुर्घटनामा घाईते भएका ना ३९ प ७१६८ नम्बरको मोटरसाईकलका चालक चौधरीलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा त्यहाँ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।अर्का बिआर ३० एफ ८८५६ नम्बरको मोटरसाईकलका चालक दनुवारको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको सर्लाही प्रहरीले जनाएको छ ।पछिल्लो समय भारतीय नम्बरका सवारी साधनहरुका कारण दुर्घटना बढी रहेको भएपनि सरोकारवाला निकाय मौन देखिएका छन् ।

सम्बन्धित समाचार