सर्लाही ट्राफिकको भित्री सडकमा पनि चेकजाँच,जनशक्ति अभाव रहेको गुनासो

1k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीका भित्रि सडकहरुमा पनि ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाई गरेको छ ।जिल्लाका भित्रि सडकहरुमा पनि ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँचमा कडाई गरेपछि  विना मोटरसाइकलसवारी चलाउने,सिट क्षमता भन्दा बढी यात्रुहरु बोक्ने र बढी भाडा असुल्नुका साथै  ट्राफिक नीयमको पालना गर्ने क्रम बढेको छ ।
जिल्लाका भित्रि सडकहरुमा ट्राफिक प्रहरीको चेकजाँच बढेपछि सवारी दुर्घटना कम हुनुका साथै  ट्राफिक नीयमको उल्लंघन गर्नेहरुको संख्या घटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक इश्वर कार्कीले बताए ।
उनका अनुसार ट्राफिक नीयम उल्लंघन गरेका सवारी साधनहरुलाई नियन्त्रणमा लिई चालकहरुलाई ट्राफिक नीयम तथा सवारी दुर्घटना सम्बन्धि जानकरी गराउने गरिएको छ ।
पछिल्लो समयमा जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरु दरबन्दी जाने र उताबाट आउनु पर्ने नआउँदा चाहेजती ट्राफिकगतिविधि गर्न नपाए,नसकेको भएपनि आफ्ना गतिविधिहरुलाई निरन्तरता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार