बागमतीमा नगर प्रमुख उप प्रमुख नै दोहोरीय

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-९ गते   ९६१ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकामा नेकपा(माओादी केन्द्र)ले लगातार दोस्रो कार्यकालका लागि जित निकालेको छ । बागमती नगरपालिकामा २०७४ सालको स्थानिय निकायको निर्वाचनमा निर्वाचित भएका नगर प्रमुख  र उप प्रमुख सहित अधिकांश वडा अध्यक्षहरुले दोस्रो कार्यकालका लागि जित निकालेका हुन । स्थानिय हतको निर्वाचन २०७९ बाट बागमती नगरपालिकाको नगर प्रमुखमा भरत कुमार थापा र उप प्रमुखमा लिला कुमारी मोक्तानले सहज जित निकालेका छन् । २०७४ सालको स्थानिय निकायको निर्वाचनमा निर्वाचित भएका  नगर प्रमुख थापा र उप प्रमुख मोक्तानले फेरी दोस्रो कार्याकालका लागि जित निकालेका हुन ।
नगर प्रमुखमा निर्वाचित थापाले ११ हजार ३ सय ५७ मत प्राप्त गरेका छन् । उपप्रमुख मोक्तानले १० हजार ८ सय ७९ मत प्राप्त गरेका हुन । नगर प्रमुख थापाका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का टंकबहादुर बस्नेत(गोकुल)ले ७ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुख मोक्तानका निकटतम् प्रतिद्वन्द्वी नेकपा(एमाले)की सरिता घिसिङले ७ हजार ७ सय ५ मत प्राप्त गरेकी छन् । १२ वटा वडा रहेको बागमती नगरपालिकामा माओवादी केन्द्रले १० वटा र नेकपा)एमाले)ले १ र नेपाली कांग्रेसले १ वडा जितेको छ । नेकपा(एमाले)ले बागमती ८ र नेपाली कांग्रेसले बागमती ९ मा जित निकालेको हो । बागमती नगरपालिका सहित नेकपा(माओवादी केन्द्र)ले बलरा नगरपालिका,रामनगर गाउँपालिका र हरिवन नगरपालिकामा जित निकालेको छ ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले बरहथवा नगरपालिका,चक्रघट्टा गाउँपालिका र बागमती नगरपालिका मात्र जितेको थियो। भने २०७९ को स्थानिय निकायको निर्वाचनमा एक स्थानिय निकाय थप गरेर ४ वटा बनाएको छ । नगरपालिकालाई आत्मनिर्भर बनाउन र नगरबासीलाई स्थानिय सरकार(गाउँ गाउँमा सिंह दरवार) आएको महसुस गराउने गरी पहिलो कार्यकालमा काम गरेका नगर प्रमुख थापाले भौतिक पुर्वाधार,शिक्षा र स्वास्थ्य क्षेत्रमा नमूनायोग्य काम गरेका छन् ।भने केही वर्ष भित्रमै नगरपालिकाले आन्तरिक स्रोतबाटै आत्मनिर्भर हुने गरी योजना कार्यान्वयन गरिरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech