Close This

सर्लाहीको बजेट ६ अर्ब १६ करोड ३२ लाख

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१६ गते   २९३ पटक हेरिएको

आर्थिक वर्ष २०७७÷७८ का लागि सर्लाही जिल्लाका लागि ६ अर्ब १६ करोड ३२ लाख रुपैया बजेट विनियोजन भएको छ । विहिवार संघीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सार्वजनिक गर्नु भएको बजेटमा ९ गाउँपालिका र ११ नगरपालिका सहित २० ओटा स्थानीय तह भएको सर्लाहीमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी जम्मा ६ अर्ब १६ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।

जिल्लामा सवैभन्दा बढी बजेट प्राप्त गर्ने नगरपालिकामा लालबन्दी परेको छ । लालबन्दी नगरपालिकाका लागि ५२ करोड ५० लाख बजेट विनियोजन भएको छ भने सवैभन्दा कम हरिपुर्वा नगरपालिकाले २५ करोड ६३ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै लालबन्दी पछि हरिवन नगरपालिकामा ४६ करोड ९३ लाख रुपैया बजेट प्राप्त गरेको छ । त्यस्तै बरहथवा नगरपालिकाका लागि ४५करोड ७५ लाख रुपैयाँ, ईश्वरपुर नगरपालिकाले ४३ करोड ५२ लाख, गोडैताले ४० करोड ९३ लाख, मलंगवाले ३६ करोड ७३ लाख, बलराले ३३ करोड ५९ लाख, बागमतीले ३२ करोड ४१ लाख र कविलासीले ३१ करोड ३० लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।

त्यस्तै ब्रह्मपुरी पछि चन्द्रनगर गाउँपालिकाले २३ करोड ८२ लाख, कौडेनाले २३ करोड १६ लाख, चक्रघट्टाले २२ करोड ३४ लाख, रामनगरले २१ कारोड ४४ लाख, धनकौलले २० करोड १३ लाख र विष्णु गाउँपालिकाले १९ करोड ८९ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै जिल्लाको ब्रह्मपुरी गाउँपालिकाले सवैभन्दा बढी बजेट प्राप्त गरेको छ भने सवैभन्दा कम बजेट प्राप्त गर्ने पर्सा गाउँपालिका परेको छ । ब्रह्मपुरीले २७ करोड ५४ लाख बजेट प्राप्त भएको छ भने पर्सा गाउँपालिकाले १८ करोड ६६ लाख रुपैयाँ पाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech