नेपाल प्रेस युनियन सर्लाही शाखाले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का केन्द्रीय सदस्य कृष्णकुमार एस्माली र प्रदेश २ का अध्यक्ष मनोज कुमार यादवलाई सर्लाहीको हरिपुरमा सम्मान गरेको छ ।
नेपाल प्रेस युनियन सर्लाही शाखाले हरिपुर नगरपालिका कार्यालयको सभा हलमा एक कार्यक्रमका बीच अकोराबका केन्द्रीय सदस्य एस्माली र प्रदेश अध्यक्ष यादवलाई सम्मान गरेको नेपाल प्रेस युनियन सर्लाही शाखाका अध्यक्ष कृष्ण प्रसाद थपलियाले जानकारी दिनुभयो उहाँहरुलाई दोसल्ला ओढाएर कदर पत्र प्रदान गरी सफल कार्यकालको शुभकामना एवं वधाई ज्ञापन गर्दै सम्मान गरिएको थपलियाले बताउनुभयो ।
यस्तै, अकोराबको केन्द्रीय उपाध्यक्षमा निर्वाचित निमेश कुमार कर्णलाई पनि नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरमार्फत सम्मान पत्र प्रदान गरी सम्मान गरिएको छ ।
नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष थपलियाको अध्यक्षता तथा हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुदिन मन्सुरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ठाकुर, महासंघका पूर्व जिल्ला अध्यक्ष शंकर श्रेष्ठ, महासंघकै पूर्व अध्यक्ष एवम कार्यक्रममा सम्मानित अकोराबका केन्द्रीय सदस्य एस्माली, अकोराबका प्रदेश अध्यक्ष यादव, पे्रस चौतारी सर्लाहीका अध्यक्ष अच्यूत सापकोटालगायतले नेपाल पत्रकार महासंघको चैत २५ गते हुन लागेको महाधिवेशनबाट सर्वसम्मत् रुपमा जिल्ला शाखाको नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पे्रस युनियनले अघि सारेको अध्यक्ष पदका उम्मेदवार टंकबहादुर क्षेत्रीको नेतृत्वमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कार्यमा एकढिक्का भएर लाग्न महासंघका पूर्व अध्यक्षद्धय श्रेष्ठ र एस्माली तथा प्रेस युनियनका अध्यक्ष थपलियाले आग्रह गर्नु भयो ।