सिन्धुलीको मरिणमा नेपाली कांग्रेसबाट २५५ जना नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट(पाटी(नेकपा)मा प्रवेश गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मरिण गाउँपालिका ३ वडा पार्टी कमिटिको आयोजना भएको कार्यक्रममा कांग्रेस परित्याग गरि २५५ जना नेता तथा कार्याकर्ताहरु नेपाल कम्युनिष्ट(पाटी(नेकपा)मा प्रवेश गरेका वडा नम्बर ३ का वडा अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले जानकारीदिनु भयो।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजन दाहाल(लेखनाथ)को प्रमुख आतिथ्यतामा मरिण गाउँपालिका ३ मथौलिमा भएको कार्यक्रममा नेपाली कांग्रेसको गतिविधि चित्त नबुझेको भन्दै ठुलो संख्यामा नेता तथा कार्याकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका हुन ।
मरिण गाउँपालिका ३ वडा पार्टी कमिटिका अध्यक्ष कृष्ण बहादुर माझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रदिप कटुवाल,मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन,नेताहरु गोविन्दलाल माझी,गोपाल बुढाथोकी लगायत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको नेकपा सिन्धुलीले जनाएको छ ।