सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको सात महिनामा सरुवा भएको छ । २०८० को असाेज २९ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा सर्लाही आएका धमलाको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन प्राधिकरणमा बुधबार(आज) सरुवा भएको हो ।
नेपाल सरकार गृह मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट विगत सात महिना पहिला सर्लाही आएका प्रमुख जिल्ला अधिकारी धमला सहित देशभरकाका नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका २५ जनाको सरुवा भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बुधबार(आज) सरुवा भएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी धमलाको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन प्राधिकरणमा सरुवा हुँदा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको सर्लाहीमा सरुवा भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।