मालबाहक ट्रक पुलमुनि खस्दा चालक घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१८ गते   २७०१ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका १०  नयाँरोडमा मंगलबार( आज) ट्रक पल्टिदा चालक घाईते भएका छन् । आज(मंगलबार) दिउँसो साइकल यात्रीलाई जोगाउन खोज्दा नयाँराेड स्थित राईखाेला पुलबाट मालबाहक ट्रक पुलमुनी खसेको प्रहरीले जनाएको छ।
 पश्चिमतर्फबाट हरिवन तर्फ आइरहेको ना ५ ख ४२२५ नम्वरको ट्रक अगाडि रहेका साइकल यात्रीलाइ जोगाउन खाेज्दा हरिवन नगरपालिका र बागमती नगरपालिकाको सीमामा पर्ने  राईखोला पुलबाट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दाेङ्गले जानकारी दिनु भयाे । उहाँका अनुसार ट्रक पुलको रेलिङ भत्काएर तल खोलामा खस्दा ट्रक चालक मकवानपुरका अन्दाजी  २४ वर्षीय नवराज गौतम घाइते छन् । घाइते गौतमको हरिवनमा उपचार चलिरहेको छ । साइकल यात्री भने सकुशल रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech