बागमती नदीको किनारमा फसेका ७२ स्थानियको उद्धार

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-४-२३ गते   ४९६ पटक हेरिएको

सर्लाहीमा स्थित बागमती नदीमा आएको बाढीका कारण नदी किनारमै फसेका ७२ जना स्थानियको उद्दार गरिएको छ ।  जिल्लाको धनकौल गाउँपालिका अन्तरगत पर्ने महिनाथपुरका स्थानियहरु मंगलवार दिउँसो बागमतीमा घाँस काट्न तथा गाई बस्तु चराउन गएको समयमा बागमती नदीमा आएको ठूलो बाढीले स्थानियहरु फसेका थिए । 
त्यसपश्चात जिल्ला प्रशासन कार्यालय सर्लाही,जिल्ला प्रहरी कार्यालय राैतहट र जिल्ला प्रहरी कार्यालय सर्लाहीकाे टाेलीले सकुशल उद्दार गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार फसेका व्यक्तिहरु मध्ये सर्लाहीबाट दुई जना व्यक्तिको उद्धार गरिएको छ भने बाँकी ७० जनालाई सुरक्षाकर्मीले रौतहट तर्फबाट  उद्धार गरेका छन् ।
नदीमा फसेका व्यक्तिहरुलाई उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवान ठूलो संख्यामा पुगेको थियो । तर सर्लाही भएर उद्धार गर्न कठिनाई भएपछि नदीमा फसेका व्यक्तिहरुलाई रौतहटका सुरक्षाकर्मीले उद्धार गरी रौतहट पु¥याएर पुर्व पश्चिम राजमार्ग हुँदै सर्लाही ल्यनईएकाे सर्लाही प्रहरीले जनाएको छ । 
घटना स्थलमा प्रदेश सभा सदस्य फकिरा महतो, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सुवेदी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गणा सर्लाहीका गणपति शसस्त्र प्रहरी  उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान विभाग सर्लाहीका अनुसन्धान  उप निर्देशक सन्तोष ढुंगेल लगायत नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाका जवान ठूलो संख्यामा खटिएका थिए । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech