सर्लाहीको ईश्वरपुर र बाग्मतीमा सोमवार ठूलो संख्यामा पिसिआर परिक्षणका लागि भन्दै थ्रोट स्वाब संकलन गरिएको छ । समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन जिल्लाका स्थानिय निकायहरुले पछिल्लो समयमा आ–आफ्ना स्थानिय निकायहरुमा पिसिआर परिक्षणको दायरा बढाउन थालेका छन ।
ईश्वरपुर नगरपालिकाले ३ सय २८ जना र बागमती नगरपालिकाले २ सय ४२ जनाको स्वाब संकलन गरेका छन । ती दुवै ठाउँको स्वाब परीक्षणका लागि सोमवार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको स्थानिय निकायहरुले बताएका छन् ।
जोखिममा रहेर काम गरिरहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, व्यापारी, व्यावसायी,चिसा पसले, बैंक तथा वित्तीय संस्थामा कार्यरत व्यक्तिहरुको स्वाब संकलन गरिएको वागमती नगरपाकिलाका नगर प्रमुख भरत कुमार थापाले जानकार िदिनुभयो। यस्तै लालबन्दी नगरपालिकाले मंगलवार थप व्यक्तिहरुको स्वाब संकलन गर्ने तयारी गरिरहेको नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो ।