Close This

लायन्स क्लब अफ लालबन्दी सिटीका पाष्ट प्रेसिडेन्ट शर्मा क्यानडा जाने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-८ गते   २२५४ पटक हेरिएको

सर्लाहीबाट प्रतिनिधित्व गरि क्यानडा जान लाग्नु भएका शर्मालाई यात्रा सफलताको शुभकामना सहित बधाइृ दिँदै गर्दा

लायन्स  क्लब अफ लालबन्दी सिटीका पाष्ट प्रेसिडेन्ट शाकार शर्मा लायन्स क्लब इन्टरनेस्नलको १ सय ४ औँ इन्टरनेस्नल कन्भेन्सनमा सहभागी हुन क्यानडाको मोनटेरियो जानु हुने भएको छ ।
 क्यानडाको मोनटेरियोमा जुन २४ देखि २८ सम्म हुने लायन्स क्लब इन्टरनेस्नलको १ सय ४ औँ इन्टरनेस्नल कन्भेन्सनमा सहभागी हुन शर्मा क्यानेडा जानु हुने भएको लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका सचिव मोहन राउतले जानकारी दिनु भयो ।
उहाँका अनुसार सन् २०२२ को जुन २४ देखि २८ सम्म क्यानडाको मोनटेरियो शहरमा लायन्स क्लब इन्टरनेस्नलको १ सय ४ औँ इन्टरनेस्नल कन्भेन्सनको आयोजना गरिएको र सो कार्यक्रममा सहभागी हुन लायन्स  क्लब अफ लालबन्दी सिटीका पाष्ट प्रेसिडेन्ट शर्मा जान लाग्नु भएको हो ।
लायन्स बचत समुहका अध्यक्ष समेत रहेका शर्मा लायन्स क्लब इन्टरनेस्नलको १ सय ४ औँ इन्टरनेस्नल कन्भेन्सनमा ५ दिन सहभागी हुनु सर्लाहीबाट प्रतिनिधित्व गरि जानु हुने छ । उहाँलाई लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले यात्रा सफलताको कामना समेत गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech