सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ मा रहेको ईलाका प्रहरी कार्यालय खुर्कोटले यात्रीसँग बढी भाडा लिने सवारी चालकलाई कार्बाही गरेको छ ।

ओखलढुंगाबाट काठमाण्डौ जाँदै गरेको ना.१ ज ८८७५ नं.को टाटा सुमो गाडीलाई खुर्काेट चेक प्वाईन्टमा रोकि चेकजाँच गर्दा उक्त गाडीले बढी भाडा लिएको भन्दै कार्बाही गरिएको ईलाका प्रहरी कार्यालय खुर्काेटका प्रमुख एवम प्रहरी निरिक्षक अनिल राज गिरीले जानकारी दिनु भयो ।

खुर्कोटको चेक प्वाईन्टमा रोकी चेकजाँच गर्दा उक्त गाडीमा सवार भई काठमाण्डौ जाँदै गरेका ५ जना यात्रीहरुसँग चालकले बढी भाडा लिएको पाईएकोले चालकबाट प्रतियात्री रु १ हजार ४ सयका दरले रु ७ हजार फिर्ता गरिदिएको उहाँले बताउनु भयो । साथै बढी भाडा लिने चालकलाई ट्राफिक नियम अनुसार रु.५ हजार जरिवाना गरी छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।