Close This

दुधौलीका १४ वटै वडा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालनको तयारीमा 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-३ गते   ३९३ पटक हेरिएको

सिन्धुलीको दुधौली नगरपालिका १ को वडा कार्यालय उद्घाटन गरिएको छ । दुधौली नगरपालिकाका नगर प्रमुख घनश्यम राउतले एक कार्यक्रमका विच वडा कार्यालय भवनको उद्धघाटन  गर्नु भएको हो ।
वडा नम्बर १ ले आव २०७५र०७६ र २०७६र०७७ को बजेटबाट वडा कार्यालयको भवन निर्माण गरिएको हो । आफ्नै भवन नहुँदा हरेक वर्ष वडा कार्यालयले भाडामा मात्र धेरै रकम तिर्नु परेको छ अव  वडा कार्यालयको आफ्नै भवन निर्माण भएपछि त्यो भाडा वापत तिर्नु पर्ने रकम समेत बँचेको छ । वडा अध्यक्ष गोविन्द पहाडीको अध्यक्षता तथा नगर प्रमुख राउतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा कार्यालयको भवन निर्माणले नगरको ठुलो आर्थिक लोड काम भएको नगर प्रमुख राउतले बताउनु भयो ।
नगरपालिकाका १४ वटा वडा मध्य वडा नम्बर १ र वडा नम्बर ९ को नयाँ वडा कार्यालय भवनको उद्ध्घाटन भई सकेको र वडा नम्बर ३,४,५,७,८,१०,१२ र  १३ को वडा कार्यालय निर्माणधिन अवस्थामा रहेको  नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष रितेश राउतले जानकारी दिनु  भयो ।
वडा नम्बर २,६,११ र १४ को आफ्नै भवन रहेको नगरपालिकाले जनाएको छ । वडा कार्यालय र नगरपालिकाको गरि करिब ५५ लाखको लागतमा वडा नम्बर १ को वडा कार्यालय भवनको निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरमा रहेका १४ वटा वडा कार्यालयहरुमा आफ्नै भवन निर्माण भएपछि वडा कार्यालय भाडाका लागि तिर्नु पर्ने रकम समेत बचत भएको नगर प्रमुख राउतले बताउनु भयो । 
दुधौलकिा लागि हाम्रा सहकर्मी सोम प्रसाद न्यौपाने

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech