विश्व वातावरण दिवसको अवसरमा लालबन्दी जेसिसद्वारा वृक्षारोपण

3.1k Shares

लालबन्दी जेसीजले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । जेसिजले लालवन्दी नगरपालिका ६ को मधु सामुदायिक उपभोक्ता समुहको सहकार्य र   डिभिजन वन कार्यालय सर्लाहीको सहयोगमा विश्व वातावरण दिवको अवसर पारेर वृक्षारोपण गरेको लालबन्दी जेसिजका अध्यक्ष श्याम खड्काले जानकारी दिनु भयो ।  उहाँका अनुसार विभिन्न प्रजातिका साल, खयर लगायत गरी २ सय वटा विरुवाहरु रोपिएको हो ।
नेपाल जेसीजका १ सय ६१ वटै शाखालाई सर्कुलेशन भए बमोजिम “मेरो जिवनका लागि एक विरुवा“ भन्ने मुल नाराका साथ लालवन्दी जेसीजले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको लालबन्दी जेसिजका संस्थापक अध्यक्ष किरण घिमिरेले जानकारी दिनु भयो । 
सव डिभिजन वन कार्यालयका फरेष्टर महेन्द्र महतो, मधु सामुदायिक उपभोक्ता समुह लालबन्दी नगरपालिका ६ का अध्यक्ष भिम बहादुर आले, लालवन्दी जेसीजका संस्थापक अध्यक्ष घिमिरे, वर्तमान अध्यक्ष खड्का,कुमार घिमिरे र कृष्ण भण्डारी लगायत अन्य पदाधिकारीहरुको उपस्थितीमा वृक्षरोपण गरिएको लालबन्दी जेसिजका महासचिव राजकुमार सिंहले बताउनु भयो ।

सम्बन्धित समाचार