भारतिय नागरिकलाई नेपाल ल्याएर हत्या गर्ने आरोपी राय डेढ वर्षपछि पक्राउ

30 Shares

सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा एक भारतीय युवकको विभत्स ढंङ्गले हत्या गरी फरार रहेका युवक करिब डेढ वर्षपछि पक्राउ परेका छन् ।हरिपूर्वा नगरपालिका १,स्थित अनरजित महराको खेतमा धारिलो हतियारले घाँटी काटेर हत्या गरेको अवस्थामा २०८० बैशाख २६ गते भारतीय नागरिक अन्दाजी २६ वर्षीय शेखर सुमन भन्ने सिकु कुमारको  शव फेला परेको थियो ।सो घटनामा संलग्न भारतको बिहार राज्य सितामढी जिल्ला सोनवर्षा थाना पुरनदाहा ग्रामपन्चायत राजवाडा बस्ने अन्दाजी २७ वर्षीय धर्मेन्द्र रायलाई डेढ वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मलंगवा नगरपालिका ८, स्थित नेपाल(भारत सीमा नजिक गोरखकालीबाट रायलाई पक्राउ गरिएको हो।उनलाई पक्राउ गरेपछि सिकु कुमारको हत्यामा छ जना संलग्न रहेको खुलेको सर्लाही प्रहरीले जनाएको छ।तिमध्ये यसअघि एक जना पक्राउ परेका थिए ।  चार जना अझै फरार नै रहेका र उनीहरुको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ परेका रायले नै सिकु कुमारलाई मोटरसाइकलमा हालेर सीमावर्ती क्षेत्र नजिक पर्ने हरिपूर्वा ल्याएर छ जना मिलेर हत्या गरेको स्वीकार गरेका छन् । 
नेपाल भारत खुल्ला सिमानाका साथै कतिपय नेपालीको भारतमा र कतिपय भारतियको नेपालमा पारिवारिक सम्बन्ध रहेका कारण पनि नेपाल भारत सिमा क्षेत्रका साथै आसपासमा गैर कानुनी क्रियाकलापका साथै अपराधिक क्रियाकलपाहरु भई रहने गरेका  जानकारहरु बताउँछन् ।यस विषयमा सम्बन्धीत सरोकार वालाहरुको ध्यान जान जरुरी रहेको जानकारहरुको भनाई छ ।

सम्बन्धित समाचार